Grade 12 Nepali Solution
नेपालै नरहे
प्रश्नोत्तर
१. शब्दार्थ
आकाश → गगन
उज्यालो → प्रकाश
जित → विजय
टाकुरा → चुचुरा
तराइ → मधेश
ताल → सुर
पुर्खा → बाबुबाजे
बैसं → जवानी
सन्झ्याल → आँखीझ्याल
२.‘नै’ छोटकरीमा ‘ऐ’ हुन्छ । किनकी यसको प्रयोग जोडदिन गरिन्छ ।
नेपालै नरहे गीतमा प्रयोग भएका शब्द
नेपालै – नेपाल नै
हिमाललै – हिमाल नै
सन्झ्यालै – सन्झ्याल नै
मादलै – मादल नै
उज्यालै – उज्यालो नै
पठन बोध
१
प्रश्नहरु
अ)
उत्तर : : तराइमा सुन जस्तै अन्न फल्ने, अन्नको भण्डार हो । त्यसैले तराइलाई सुनको टुक्रा भनिएको हो ।
आ)
उत्तर : ‘धर्तीका’ छोरा भनेर किसानलाई भनिएको हो ।
इ)
उत्तर : खेती उब्जाउन माटो र पानी चाहिने हुँदा माटो र मानी पहिलो धन हुन् ।
ई)
उत्तर : सन्झ्याल भनेको मानव निर्मित एक प्रकारको कलात्मक झ्याल हो । जसले पुर्खाको सम्झना गराउँछ । त्यही झ्यालको प्रयोगले हामीले संसार चियाउँछौँ ।
उ)
उत्तर : नेपाल हामी सबैको राष्ट्र हो । नेपाल जहिले सम्म रहन्छ तहिले सम्म हाम्रो अस्तित्व पनि रहन्छ । यदि नेपालै नरहे नेपाली, नेपाली रहन सक्दैनौ ।
२
अ)
उत्तर : आकाश छुने टाकुरा धेरै अग्ला छन् ।ति टाकुरालाई भेटेर भेट्न सकिदैन । भन्नु हो ।
आ)
उत्तर : पुर्खाले धेरै पौरख गरेर यो देशको हामी देशवासीको अस्तित्व बचाएका छन् । उनको पौरखी पाइला मेटेर मेटिन्न ।
ई)
उत्तर : पूर्वको पहिलो उज्यालोले हाम्रो इतिहासलाई बोध गराउँछ ।
इ)
उत्तर : नेपालका अग्ला अग्ला टाकुरा भएको, हाम्रा पुर्खाको पौरखी र पूवएको पहिलो उज्यालोले हाम्रो इतिहासलाई बोध गराउने विशेषता यस अंशको मुख्य भाव हो ।
२.
उत्तर :
नेपाल एसिया महादेशमा पर्दछ । प्रत्येक नेपालीको आत्मा र विश्वासमा नेपालको प्रगती र उन्नती छ । नेपालीको विश्वास जति अग्लो हिमालको उचाइ छ । हिमाली टाकुरा हिराको टुक्रासँग दाँज्न सकिन्छ । हिराको टुक्रा जस्तै मूल्यवान् हाम्रा हिमाली टाकुरा छन् । गितकारले तराइका उर्भर भुमिमा सुनका टुक्रा फाक्ने भन्दै सुनका टुक्रा सँग दाजेका छन् । नेपालमा अनेकौँ चाडपर्वमा, मेलापात र पाखापखेरामा झ्याली र मादल जस्ता लोक बाद्यबादनलाई यस गीतमा सगौरव स्थान दिएका छन् । पुर्खाको गौरव र इतिहास हाम्रो साक्षीका रुपमा खाडा देखिन्छ । देश विकास गर्न पुर्वको उज्यालोले प्रेरणा दिन्छ र चेतनाको पहिलो डाँकसँग हामी विउँझिएर सत्कर्म गर्न प्रेरित हुन्छाँै । मरिश्रमी धर्तीपुत्रहरुले अभिसिञ्जन गरेको यो यो पवित्र भूमी हामी सबैको गौरव हो ।