Class 9 Nepali Note

म को हुँ ?

शाराशं

निबन्धकार सुधा त्रिपाठीद्धारा लिखित ‘म को हुँ ’ निजात्मक अनुभूतिहरुलाई प्रस्तुत गरिएको एक विचार प्रदान निबन्ध हो ।   त्यस्तो लेखकको कर्मलाई यस निबन्धमा अन्यथा नलिन निबन्धकारले आग्रह गरेकी छन् । लेखकले फुलको सन्निकटताबाट कोमल भावका साथै जीवनको क्षणिकतालाई बोध गर्न सक्छ । बादलको रिसाहा र आँसु बर्साइ, पहाडबाट धैर्य, नदीनालाबाट सङ्गीत, हिंस्रक जनावरबाट हिंस्रकमन र चराहरुबाट उन्मुक्त भावका साथै प्रकृतिबाट शुष्कता र उत्साह आदि चोर्ने गरेको बताउँछिन् । प्रकृतिलाई सबैले चोरेको र ठगेको कुरा पनि उनी निर्धक्क उल्लेख गर्छिन । आमारुपी प्रकृति बाबुबाट कोमलता र स्वभिमान, गरिबहरुबाट पीडा र दासता, नेपाली महिलाहरुबाट निस्सारलागे रुवाइ र कुण्ठाको भाव, बालक साहित्यिक रचना आदिबाट पनि आफूले भान चोरी गर्ने गरेको लेखक बताउँछिन् । आमा सवयं सृष्टिकर्ता भएकाले सन्तानको वियागको पिडा र लेखकका लागि निकटतम साथी पनि हुने भएकाले आमाबाट धेरै भाव लिन सकिने कुरा उल्लेख गरिएको छ ।  आमाबाट छोराछोरीप्रति गरिने भेदभाव र सामाजिक विषमताको पनि लेखकलाई ज्ञान हुने भएकाले लेखकले आमाका संवेदनशील भाव र सामाजिक विषमत्लाई समेत उजागर गर्नुपर्छ भन्ने सन्देश यस निबन्धमा दिएको पाइन्छ ।

यसमा लेखक त्रिपाठीले लेखकले अँगाल्ने विभिन्न विषयवस्तु तथा भावहरु निजी सृष्टि नभएर जीवन जगत्सम्बन्धी परिवेशबाटै  लिएको हुन्छ र त्यसप्रति कसैले पनि नकारात्मक दृष्टिकोण राख्नु उचित हुँदैन भन्ने  सन्देश दिइएको पाइन्छ । बालकहरुका निश्छल, निष्कश्ट भाव र साहित्यबाट अनि मर्मस्पर्शी र हृदय विदारक विषयवस्तुलाई ग्रहण गरी सिर्जना गर्न सक्छ । यस्ता विविधतायुक्त विषय वा भावलाई नकारात्मक लिनु उपयुक्त  नहुने सन्देश पनि यस निबन्धले दिएको छ ।


Go Top