Class 9 Nepali Note

सय रङ इन्द्रेनी

शारांश

कवि वासुदेव त्रिपाठीद्धारा रचित एक चर्चित कविता ‘सय रङ इन्द्रेनी’ कवितामा इन्द्रेनी स्वयम्मा अनेक रङ्युक्त हुने गर्छ भनि प्रस्तुत गरेका छन् । अनेक रङको संयुक्त मेलबाटै इन्दे्रनीको शोभा र गरिमा बढ्ने गर्छ । यो कवितामा कविले गाउँ र सहर मेरै हो । मानसले रच्ने कुरा सुख हो । ज्याुँने र पौरख गर्ने यही समाज हो । आँसु र पीडा नभएको जीवन होस् र मुस्कुराउँदा जीवन मिठो पनि होस् । मिलीजुली बस्न पाइयोस्  बाँच्दा भरेसा पनि मिलोस् । सयपत्री फुलेको ठाउँमा जहारी फुल पनि फुल्छ । मानिसले गर्ने सिर्जनामा समाज सबभन्दा ठुलो हुन्छ । घरमा जे पाकेको छ त्यही खाँदा अमृतभन्दा मिठो हुने गर्छ । गौरा, सीता र भृकुटीको साइनो के हो ? सलहेश फुलबारी बुद्ध  र जनकको फुलबारी हो । मञ्जुली र यलम्बरले रचना गरेको रस मिठो छ । भावनाले भिजेपछि जुनसुकै कुरा मिठो हुन्छ । नेपाल आर्य, मङ्गोल, खस, किरात, थारु, यादव आदिको शूरवीरको थलो हो । यी वीरले जहाँ पाइला टेके त्यहाँ विजय हासिल गरे अनि नेपालीहरु विश्ववीर भनेर चिनिए ।

सयौँ जात जाति रहेको र अनेक थर, उपथरमा विभाजित नेपालीहरुले मिलीजुली  गरेर आर्जेको पौरख सारै मिठो छ । त्यस्तै दिलको माया र साइनो झनै मिठो हुन्छ । होस्टे, हैँसे गर्ने सहसृजनको जोस झनै मिठो हुन्छ । प्रकृति हिमाल, पहाड, तराई मधेस जोड्ने सिप छभ । जसले रच्यो तिनलाई प्रणाम छ । पुर्खाले दिएको हाम्रो नासो देश हो ।  बरगाछी, पीपलगाछी र  चौतारीको शतिल हावा पनि मिठो छ । तिमी र म आउने जनने हो । यहाँ रहने भनेकोे समाज मात्रै हो । मरेपछि साथ लैजाने के छ र । आपूm्ले सिर्जना गरे जति सबै नेपालकै हो । मानिसको नाता प्यारो हुन्छ । मानिस समाजमै जन्मिन्छ । ऊ समाजमै हुर्किन्छ  । अनि समाजमै देखभेट हुन्छ  र साइनो जोडिन्छ । रोजीरोटीको जाहो, भेटघाट आदिलाई देसै जोड्ने साइनोका रुपमा लिनुपर्छ । अब आपसी द्धन्द्ध होइन, देश नै प्यारो छ भन्दै संवादबाट दिलको दोस्ती गाँस्नु पर्छ ।

जुनसुकै ठाउँको बासिन्दा भए पनि सबै मिलेर देशनिर्माणमा लाग्ने नेपालीहरुले आफ्नो पुर्खाले नासोका रुपमा छोडेर गएको यस देशको इज्जत र प्रतिष्ठालाई बचाउँदै आएका छन् । नेपालीहरुका बिच न  त कुनै किसिमको कटुता छ, न द्धन्द्ध नै । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् ।

 मानिसको जीवन नाशवान् छ । मानिसको धर्तीमा आउने जाने क्र्रम चलि नै रहन्छ । उसले बनाएको समाज मात्रै सधैँ रहने कुरा हो । तसर्थ मृत्युपश्चात् मानिसले साथमा केही पनि लैजान नसक्ने भएकाले आफ्नो देश नेपालकै लगि असल काम गर्नु आवश्यक छ । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् , बिना एकता राष्ट्रियता समेत कमजोर हुन्छ । एकतामै शक्ति र सामथ्र्य हुन्छ । यसरी कवितामा राष्ट्रिय एकताको भावलाई कवितामा सश्क्त रुपमा प्रस्तुत गरिएको कुरा प्रश्ट हुन्छ । 


Go Top