Class 9 Nepali Note
आङ सान सुकी
शारंश
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो । उनका बाबुको आङ सान र आमाको नाम दा खिन की हो उनको बाबु आङ सानले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए । आमा राजदूत हुँदा नेपाल आउने अवसर आङ सान सुकीलाई प्राप्त भएको थियो । उनका दुई जना दाजु थिए । पाँचजना परिवारकी एक्ली छोरी सुकी आफ्नो देश, जनता र प्रजातन्त्र तथा मानव अधिकारका लागि गरेको त्याग र सङ्घर्षकै कारण विश्वभर परिचित छन् । सुकीको औपचारिक शिक्षा मध्य चाङगुन (रङ्गुन) स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो । नौ वर्षकै उमेरदेखि साहित्यिक किताब पढ्ने र त्यसबारे टीका टिप्पणी गर्ने काम पनि गर्न थालिन् । बुद्ध दर्शन र आदर्शबाट प्रभावित सुकी देशलाई सङ्टबाट मुक्त गर्न सधैँ चिन्तन गरिरहन्थिन् ।
र राजनीतिक चलखेल र राम्रो काम गर्ने मान्छेलाई सरकारले शान्ति र स्थायित्वमा खलल पु¥याउने कार्य गरेको भन्ने आरोप लगाइयो । सुकीलाई नजरबन्दमै राख्दा उनका पक्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक जनमत तयार भयो । त्यसले सैनिक सरकारको ठुलो भत्र्सना ग¥यो । प्रजातन्त्रमा, मानव अधिकार र शान्तिप्रतिको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनको नजरबन्दले म्यानमारप्रति विश्वको ध्यानकर्षण भयो । यसरी सुकीको ‘ नजरबन्द’ जीवले म्यानमारको राजनीतिमा निकै ठुलो प्रभाव पर्यो ।
दार्शनिक, सांस्कृतिक र राजनीतिक तहमै नेपाल र सुकीको सम्बन्ध गहिरो रुपमा रहेको हुन्छ । नेपाल र आङ सान सुकीको सम्बन्ध गहिरो रुपमा विकास भएको छ । उनी बाल्याकालमै नेपाल आएकी थिइन् र गौत्म बुद्धको अहिंसावादी चिन्तनबाट प्रभावित भएकी थिइन् । यसलाई उनले जीवन दर्शनकै रुपमा आत्मसात् गरेकी छन् । आफूमात्र होइन श्रीमान् र छोराहरु समेत बौद्ध दर्शनप्रति नतमस्तक हुनुले नेपाल र सुकीको सम्बन्ध सांस्कृतिक र दर्शनकै तहमा भएको स्पष्ट हुन्छ । प्रजातान्त्रिक आन्दोलन, मानव अधिकार र विश्व शान्तिप्रतिको नेपाल र सुकीको चाहना पनि मननयोग्य नै रहेको छ ।
विभिन्न देशहरुको अध्ययन भ्रमणपछि आङ सान सुकी लन्डनमा रहिन् । त्यहाँ रहँदा उनले आफ्नो छोराहरुको पढाइमा ध्यान दिइन् । यसै अवसरमा उनले यात्रा संस्मरणका रुपमा लेट्स भिजिट नेपाल, लेट्स भिजिट जापान नामको बालेपयोगी कृतिहरु लेखिन् । उनले आफ्ना बुबा आङ् सानको जीवनी अस्ट्रेलियाबाट प्रकाशन गरिन् । त्यसपछि उनले निबन्धकार हग रिचार्डसनका तिब्बत र बौद् धर्म सम्बन्धी निबन्धहरु सङ्कलन गरी तिनलाई सङग्रहका रुपमा प्रकाशिन गरिन । उनी बेजलायतको राजधानी लन्डन गएर त्यहाँको अक्सफोर्डस्थित सेन्ट हग कलेजबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशात्रमा उच्च शिक्षा हासिल गर्दौ लन्डनको विश्वविद्यलयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट आधुनिक बर्मेली साहित्यमा उम. फि पनि गरिन् । यसपछि सन् १९६९ देखि १९७२ सम्ममा उनले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर पनि खाइन् । सन् १९७२ मा बेलायती नागरिक माहयकल एरिससँग उनको बिहे भयो । उनका अलेक्जेन्डर एरिस र किम एरिस नामक दुई जना छोरा नन्मिए । श्रीमानका साथ उनले धेरै देशको भ्रमण गरिन् ।