Class 10 Nepali Note

जय भोलि !

जय भोलि !
विन्दुमा सिन्दु अटाउन सक्ने क्षमता भएका एक प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालको (वि.स. १९९३–२०३३) निबन्धहरुले समजमा फैलिएका विसङ्गति र कुरीतिको विषयमा कुरा उठाएर व्यङ्ग्यवाण प्रहार गर्ने नीति अपनाएको छ । विभिन्न पद्यरचनाहरु गरेपनि उनले निबन्धकै फाँटमा सिद्दहस्तता प्राप्त गरे । आफ्नो निबन्धलाई उनले निकै उत्कृष्ट रुपमा रचना गर्छन् । ससमाजमा आउने विकृतिको बारेमा निकै ठटेयौली पारामा विरोध गरेपनि शिष्ट भाषाको प्रयोग गरी पाठकहरुमा मन्द मुस्कान प्रदा गर्न सक्नु उनको कलमको विशेषता हो । च्वास्स मुटुमा नै बिझने गरी साहिल्इको वाणले निसाना कहिल्इै पनि नचुकाउने उनको जय भोलिभोलि, जयभुँडी, काउकुती, आदि चर्चित निबन्धहरुमध्ये पर्छन् ।

मानिसहरुलाई भोलि भएकै कारणले गर्दा बाँच्नको लािग प्रेरणा मिलेको छ । यदि भोलि नहुने हो भने त मानिसमा बाँच्ने आरा पनि मरिसक्थ्यो होला । आज थाकेर लखतरान भएर फर्केको मान्छे भोलिको सपना देख्ने आफ्नो थकाइ बिर्सन्छ । भोेलिबादको श्रीगणेश भए लगतै मानिसहरु एकदम अल्छि भएका छन् र आजको कामलाई भोलिको लागि सञ्चित गरेर राख्न थालेका छन् । न्यायको ठूलो घरमा बसेर बेहिसाब गर्ने फर्सिटाउकेहरु देखि लिएर घर परिवार लगायत जहाँपनि भोलिवादले जरा गाढेर बसेको छ । यति मात्र कहाँ हो र हरेक कार्यलयमा पनि भोलिवादले प्रश्रय पाएको छ । अड्डाअदालत र कर्मचारीहरुले पनि भोलिवादलाई शिरोधार्य गरेका छन् ।

तर एउटा कुरामा भने मोलिवादलको अपवाद छ । त्यो हो खाने मामिला । अरु सबै कुरालाई भोलिको लागि साँचे पन िमानिसले खानेकुरा चाहिँ आजै बुत्याउन लम्सन्छन । आखिर के हो यो भालिवाद !


Go Top