Class 10 Nepali Note

काम खोज्दै जांदा

एक मध्यम वर्गीय युवक विदेशी भूमीमा पैसा कमाउने आसमा जाँदा त्यहाँ झेल्नुपरेको निकै दुःख र कष्टलाई काम खोज्दै जाँदा उपन्यासले निकै मार्मीक र हृदयस्पर्शी ढङ्गले प्रस्तुत गरेको छ ।

सन्तमान एक मध्यम वर्गीय परिवारमा जन्मिएको केटो हो । धनसम्पति धमाएर एक सुखी जीवन बिताउने सपना बोकी ऊ आफ्नो सारा सम्पति खर्च गरेर विदेश जान्छ । विदेशमा अनेकौ दुःख र कष्टहरुको सामना गर्नुपर्छ । माध्यमिक तह सम्मको अध्ययन गरेको उसले कुनै पनि सम्मानजनक काम पाउँदैन । विदेशी कम्पनीहरुले राम्रो जागीर प्रदान गर्दैन । रोजगार कम्पनीहरुले नक्कली आश्वसन दिएर सबै युवारुलाई ठग्दो रहेछ भन्ने कुराको अनुभव गर्छ ।

त्यति धेरै दुःख पाएपछि घर फर्कने निर्णय गर्छ र फेरी रित्तो हात घर पर्कनुपरेकोमा आत्मग्लानी गर्छ । तर दुःख भन्ने कुरा जसलाई पनि पर्छ त्यसको सहि समाधान गर्नुपर्छ भन्ने कुरा सम्झन्छ । अनी आफु आफ्नै देश फर्केर स्वाभीमानी जीवन बिताई आफ्नै देशमा पसिना खनाउने निश्चय गर्छ ।

जीवन भनेकै सुख दुःख को समिश्रण हो :

प्रस्तुत गद्यांशमा जीवनमा आउने दुई मुख्य क्षणहरु एकआपसमा दोहोरिइरहन्छन् भन्न खोजिएको छ । कहिले दुःख हुन्छ त कहिले सुखको खोल ओड्न पाइन्छ । जीवनमा दुःख र सुख आइरहन्छ । सुख पायो भनेर कहिल्यैै मात्तिनु हुदैँन र दुःख मा पनि कहिल्यै आतिनु हुदैन् । दुःख पाएको बेलाम धैर्यधारण गर्न सक्नुपर्छ । दुःख पाएको बेलामा संघर्ष गरेर मेहनत गरेमा खुसी छाउने छ र सुखले ढोका ढकढकाउनेछ । विभिन्न मानिसले समयसमयमा दुःख पाइरहेका हुन्छन् । वैज्ञानिकहरुले दुःख गरेकै कारणले गर्दा आज धेरै मानिसहरुले सुखको श्वास फेरिरहेका छन् । त्यसैले सफलता प्राप्त गर्नको लागि दुःखबाट टाढा भाग्नुको सट्टा त्यसलाई सहि ढङ्गले समाधान गर्नुपर्छ ।

जीवन भनेको दुःख र सुखको समिश्रण हो, दुःख पाएको मानिसले आफ्नो विवेक पु¥याएर काम ग¥यो भने सफलताको शिखर


Go Top