Grade 12 Nepali Note

मधु मालतीको कथा

“मधु मालतीको कथा”
मधुमालतीको कथा एक सामाजिक, आर्थिक, बालमनोवैज्ञानिक विचारमा आधारित छ । यो कथामा कथाकारले प्रगतिशील भावना व्यक्त गरेका छन् । नेपाली समाज सम्पन्न र विपन्न गरी दुई भागमा विभाजित भएको, विपन्नले आफुलाई सानो र सम्पन्नले आफूलाई ठूलो भन्ने रोगले ग्रस्त हाम्रो नेपाली समाज विकासका लागि हानिकारक ठानिन्छ । यस कथामा प्रयुक्त घटना नेपाली समाजमा देखिएको सामाजिक विभेदकता र त्यसले पार्न सक्ने दुरगामी प्रभावलार्य कलात्मक भाषामा प्रस्तुत गरिएको छ । आर्थिक दृष्टिले सम्पन्न र विपन्न वर्गमा चालमेल र उठबस नहुँदा टोलै छाडेर जानुपर्ने बाध्यात्मक परिस्थितिको शिकार भएको यथार्थ अवस्थालाई निकै रोचक र प्रभावकारी ढङ्गले यस कथामा प्रस्तुत गरिएको छ । यस कथामा बालबालिकाको मनोविश्लेषण गरी उनीहरुको भावना धारणालाई निकै शुक्षम रुपमा प्रस्तुत गरी वर्गीय विभेद प्रष्ट पारिएको छ । समग्रमा कथा प्रभावकारी र निकै रोचक देखिन्छ । 

पात्र परिचय
क. “गौरी” 
गौरी धनी बाबुकी एक्ली छोरी हो । उसमा आफु धनी बाबुकी छोरी हुँ भन्ने घमण्ड छैन । ऊ उसको स्वभाव अनुसार शङ्करसित खेल्ने, रमाउने, आ–आफ्ना भावना साटफेर गर्ने गर्दछे । ऊ शङ्करको बाल दौतरी हो । गौरी निश्चल निश्वार्थ निर्दाेष देखिन्छे । गौरी शङ्करको छलकपट र बेइमानी नजान्ने बाल प्रमिका हो । 

ख. “शङ्कर”
शङ्कर गरीब बाबुको छोरा हो । उसमा अहम जिज्ञासु केठी हठी र जिद्धीवाल स्वभाव छ । उसको नजिकै बस्ने धनी बाबुकी एक्ली छोरीलाई अन्तर दिलदेखि माया गर्छ । प्रायः शङ्कर कथामा गौरीलाई आफ्नो बनाउने प्रयत्नमा लागेको देखिन्छ । गौरीले अहिले तिमी केटाकेटी छौ भन्दा खिस्रिक्क हुन्छ । तर पौरुष झिकेर गौरीलाई घोडामा पछाडि राखेर यो दृष्ट समाजभन्दा निकै टाढा बादल पारीका देशमा लैजाने मनसाय प्रकट गर्छ । ऊ विरामी हुँदा पनि गौरीलाई सम्झन्छ । बाँसुरी बजाएर डाक्दा पनि गौरी नआएकोमा आमासँग गुनासो गर्छ । अन्ततः प्लाष्टिकको घोडा लिएर गौरीकहाँ गएको शङ्कर गौरी बसाई सर्दै गरेको देखेर विफल भएर घर फर्कन्छ । यस कथामा शङ्कर प्रमिका रुपमा देखिए पनि उसको भूमिका सहज र स्वाभाविक छ । 


ग. “दिदीआमा”
दिदीआमा गौरीकी फुपूदिदी पर्छिन् । यस कथामा गौरीको भनाइमा दिदीआमा बोक्सी बुढी र शङ्करका बुझाईमा राक्षसनी हो । उसको नकारात्मक सोच र क्रियाकलापको प्रभाव गौरी र शङ्करको परिवारमा परेको छ । जसले गर्दा गौरीका बुबाले बसाई सरेको र त्यसले गर्दा गौरी र शङ्करको बिछोड भएको छ । दिदीआमाका नजरमा समाजका गरीब गुरुवा चाहिँ ‘माग्ने’ देखिन्छन् र छोटा मानिन्छन् । ऊ धनले मात्तिएकी आइमाई हो । उसकै आँखाबाट माया, ममता भन्ने कुराको ज्ञान छैन । ऊ यस कथामा विवेकहीन, स्वार्थी पात्र हो । 

“मधुमालतीको कथा” सामाजिक कथा हो । यो कथा बालमनोविज्ञानमा आधारित छ । हाम्रो समाजमा घट्ने घटनाको यथार्थ चित्रण गरिएको यस कथामा बालबालिकाहरु तिरस्कृत हुन्छन् । उनीहरुमा विभेद गर्ने तत्व हाम्रो समाजमै छन् भन्ने यस कथा मार्फत दर्शाइएको छ । जो आफ्नो सम्पन्नताका आडमा गरीब र विपन्न वर्गका छोराछोरीलाई माग्ने छोराको संज्ञा दिन्छन् । शङ्कर गौरीलाई भित्री दिलबाट माया, स्नेह र आदर भाव राख्दछ । समाजमा देखिएको धनी र गरीबको सीमा मेट्न नसकिएसम्म यस्तै भेदभावपूर्ण व्यवहार हुन्छ भन्ने यस कथामा भन्न खोजिएको देखिन्छ। 
बालबालिकाहरुमा सामाजिक छेकवार र विभेद हुँदैन । उनीहरु निष्कलङ्कित हुन्छन् । जसरी  मधुकरले मालतीलाई प्रेम गर्दछ  र मालतीको विछोडमा मधुकर विह्वल भएको छ । त्यसरी नै शंकरले गौरीलाई आन्मिक प्रेम गर्दछ र आफु विरामी पर्दा बाँसुरी बजाउँदा गौरी टुप्लुक्क आईपुग्छे भन्ने भ्रम शंकरले राखेको छ । जति बाँसुरी  बजाएपनि गौरी आइन । गौरीलाई छक्क पार्नु र आफ्ना पौरुष देखाउन शंकरले मधुकरको घोडा भ्याइदिन आमासँग देखाउन शंकरले मधुकरको घोडा भ्याइदिन आमासँग ढिपी गर्दछ । गौरी पनि शंकरलाई माया गर्छे । आफु टोल छोेडेर जानुपर्दा खिन्नता प्रकट गर्छे । 
नेपाली समाजमा विभिन्न बर्गका मानिसहरु बस्छन् । त्यसैले समाजमा बर्गीय विभेद देखिन्छ । मानिसहरु आफुलाई ठूलो र भट्ट सम्झिन्छन् । यस्तो मनोवैज्ञानिक समस्याले ग्रस्त समाजमा बाल बालिकालाई प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्नु स्वभाविकै छ । गरीब र धनीको छुट्टाछुट्टै वर्ग बनेको समाजमा पाइन्छ । जुन समाजको हित विपरित र यसको प्रभाव प्रत्यक्ष बालबालिकामा परेपनि समाजले नै बालबालिका बीच भेदभावको वातावरण सृजना गरेको बुझिन्छ । धनीका छोराले गरीबका छोरासित सम्बन्ध बढाए पारिवारिक प्रतिष्ठामा आँच आउने कुरा सुने बालबालिकाले आफुलाई उच्च कुलोत्यन्न, सम्पन्न सम्झन्छन् । बालक जन्मदै भेदभाव गर्ने सक्ने भएको हुँदैन । उसलाई हाम्रो समाजको वर्गीय रेखाले विस्तार विस्तारै पारिवारिक मर्यादा, रीति–नीति र चालचलन सिक्दै हुर्किन्छ र समाजको आचरण सिक्दछ । त्यसैले कुनै पनि बालकलाई वर्गीय विभेद गर्न समाजले नै सिकाउँदछ । किनकी कुनै पनि बालको घर पछिको पाठशाला आफ्नो समाज नै हुन्छ । तसर्थ बालबालिकाका बीचमा विभेद सिर्जना गर्ने मुल कारण समाजनै हो । 


Go Top