Class 10 Nepali Note

घरको माया

एकाङ्कीकार भीमनिधि तिवारीद्धारा लिखित ‘घरको माया’ एकाङ्कीमा देशप्रेमको भावना प्रस्तुत गरिएको छ । बर्सेनी नेपाली युवायुवतीहरु ठुल्ठुला सपना बोकेर विदेशिन्छन् । कोही अर्काको बहकाउमा परेर भने कोही काम र मामको खोजीमा विदेश जाने गर्छन् । एकाङ्कीका पात्र कान्छो र बतासे पोक्चेको बहकाउमा परेर विदेश गएका हुन् । विदेशमा गएर तल्लो स्तरका कामहरु गर्छन् जस्तै दरबार, भाँडा माझ्ने, कुल्ली काम गर्ने । अर्काेतिर त्यहाँको हावा, पानी वा अन्य कुनै वस्तु खानका लागि स्वास्थयकर छैनन् । स्वदेशमा दुःख देख्नेले पनि विदेशमा गएर झनै दुःख पाएका छन् । यतिसम्म की सामान्य कुरा खान पनि पाएका छैनन् । यसे अवस्थामा कान्छो, बतासे, जमान स्वदेशको गौरवगान गर्दै स्वदेश फर्किन्छन् । उनीहरुलाई आफ्नै देशको हावापानी, खानपिन, संस्कृति परम्परा राम्रा लाग्छन् । आफ्नै माटो मलिलो बनाउने तथा विदेशमा कमारो भएर इज्जतरहित जीवन बिताउनुभन्दा स्वदेशमा गएर आफ्नै चाडपर्व, पर्वमेला, तीर्थब्रत गर्ने, एकछाक खाएर जीवन बिताउने निर्णय गरी स्वदेश फर्कन्छन् । अन्त्यमा कुनै हालतमा पनि स्वदेश फर्कन नचाहने लालबहादुर पनि स्वदेश फर्कन्छ । यसबाट विदेशमा गएपछि मात्र स्वदेशको महत्व बुझ्ने, आफ्नो देश, जाति, संस्कृति प्यारो लाग्ने र स्वदेशको मायाका कारण स्वदेश फर्किएको देखाएर देश प्रेमको भावना प्रस्तुत गरिएको छ । यही नै यसले दिने सन्देश हो । 

 


Go Top