Class 9 Nepali Note

मानव बेचविखन विरुदध हाम्रो दायित्य

छुवछुत उन्मूलनमा विद्यार्थीको भूमिका

उत्तरः

श्रीमान् सभाध्यक्ष,

निर्णायक मण्डल, आरणीय गुरुवर्ग र उपस्थित सम्पुर्ण विद्यार्थी साथीहरु ! आको वक्तृतवकला प्रतियोगिताको विषय छ ‘‘छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका ।’’ यस विषयमा अफूलाई लागेका कुराहरु प्रस्तुत गर्न पाउँदा मलाई गौरवको अनुभूति भइरहेको छ । मेरा विचारमा आजको एक्काइसौँ शताब्दीमा समाजमा छुवाछुत जस्तो अति नै घृणित परम्पराले गाँजरहेको छ भन्ने सुन्दा मात्रै पनि मलाई लज्जाबोध भइरहेको छ । छुवाछुत सामाजिक कलङ्को विषय हो यसले समाजलाई ठुलो नोक्सान पु¥याईरहेको छ ।

 सभाध्यक्ष महोदय,

समाजका सभ्य भनाउँदाहरुले सुनको काम गर्न, सिलाइको काम गर्ने फलामको काम गर्ने, छालाको काम गर्ने जस्ता मानिसलाई अछुत मानी व्यवहार गर्ने र अपहेलित गर्ने गरेको छ । यस्तो चलन परापुर्व कालदेखि आजसम्म नेपाली समाजमा देखिँदै आएको छ । कानुनले यस्तो घृणित काम गर्ने काम  गर्नैहरु प्रति कडा सजायको व्यवस्था गरेको भए पनि ती नियमहरु प्रभावकारी रुपमा लागू गर्न सकेको देखिँदैन । त्यसैले समाजमा विद्यमान छुवाछुत प्रथाको उन्मूलन लागि हामी विद्यार्थीहरु सक्र्रिया हुन जरुरी भइसकेको छ ।

 सभाध्यक्ष महोदय, विद्यार्थी भनेको परिवार र समाजमा सचेतना जगाउन सक्ने प्रमुख माध्यम हुन् । विद्यालयमा पढेका र बुझेका कुराहरुलाई उनीहरुले आफ्ना घर र टोलमा गई सजिलै सम्प्रेषित गर्न सक्छन् । उनीहरुले छुवाछुत साह्रै नराम्रो प्रथा हो, कुनै शक्तिशाली शासकले आफ्नो स्वार्थ पुरा गर्न यस्ता प्रथा समय समयमा चलाउँदै आएका हुन् यसले परिवार, समाज र राष्ट्रलाई फाइदा पुग्नुको सट्टा नोक्सान मात्र भएका छन्, जस्ता कुरालाई विद्यार्थीले समाजमा फैलान सक्छन् र समाजमा फैलाउन सक्छन् । यस काईमा विद्याथीको ठुलो भूमिका रहन्छ । त्यसैले  सामनिक कार्यमा सम्पुर्ण विद्यार्थीहरुले लाग्नु पर्दछ भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु


Go Top