Class 10 Nepali Note

बैशाख

बैशाख
सुन्दरताको आरधनाबाट सुख प्राप्ति गर्नुपर्छ भन्ने कुरालाई मनन गरेर सुन्दताको बयान गर्ने र त्यसलाई सुन्दर एवम् कलात्मक ढङ्गले कविताको माला उन्नु नै हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरे (वि.सं.१९७६) को विशेषता हो । राष्ट्रिय विषय र प्रकृतिको विषयलाई आफ्नो कवितको मुख्य विषयवस्तु बनाएर मिठो कविताको स्वाद चखाउने उनको विशेषता हो । नेपाली भाषा र साहित्यमा विशेष योगदान पु¥याएका उनले बैशाख शिर्षक दिएर बसन्त ऋतुको मुतmकण्ठले प्रशंसा गरेका छन् ।

डाँँडाकाँडा चहुर हरिया देखिए पालुवाले

बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।

डाकी मौरी मधुर रसमा लेक पाक्यो गहेँली

गोठालाले वनवन डुली हाल्न थाल्यो सुुसेली ।। ४

वसन्त ऋतुको आगमनसँगै सबै ठाउँमा नयाँ पालुवा पलाएर चारैतिर हरियाली छाउँछ । यस समयमा मिठो हावाले पनि आनन्दको अनुभूति गराउँछ । मनोरम वातावरणमा गुहेँली पाक्छ र मौरी त्यसको वरिपरी आएपछि झनै आकर्षक देखिन्छ । प्रकृतिको सुन्दरतामा मानवजाती नरमाइकन बस्न सक्दैन । ऊ पनि सुुुुसेली हाल्दै आफ्नो हितौषीलाई संकेत प्रदान गर्छ । यसरी वसन्त ऋतुले चारैतिर आनन्दको आभाष गराउँछ ।

लाऊँ कानैतिर भनि टिपिन् गुर्सिनीले गुराँस

नेवार्नीले मधुुसुमनले जेल्दिइन् केशपाश ।

भोटेनीले मगमग बुकीफूल बाँधिन् तुनामा

ब्वैली बोल्यो वनवन नयाँ प्रीतिको सम्झनाम ।। ८

मानिस र प्रकृतिको बीचमा नङ र मासुको जस्तो अन्योन्याश्रीत सम्बन्ध रहेको हुन्छ । परिवर्तनशील समयको शाश्वत नियमसँगै प्रकृति र मानिसको जीवनमा विभिन्न खालको परिवर्तन हुन्छ । जसरी प्रकृतिको सबैभन्दा सुन्दर रुपमा बसन्त आउँछ त्यही समयमा मानिसको दिलपनि चङ्गाजस्तै हलुङ्गो हुन्छ । त्यसैले प्रीतिले काउकुती लागेपछि गुरुङसेनी गुराँस, नेवार्नी मधुसुमन र भोटिनी बुकीफूल सिउरेर सुन्दर देखिन्छन् । कोइलीले पनि मिठो गीत गाएर सुनमा सुगन्ध थप्ने काम गर्छ ।

आए वन पाखा चहुरमा फूल लाखौ पलाई

को भन्देला सकल यिनको नामा मीठो मलाई ।

मेरो धौलागिरि शिखरमा छैन मैले पुगेको

नेपालीको दिल छुन अझै छुन अझै छैन मैले सकेको ।। १२

वसन्त ऋतुको आगमनसँगै चारैतिर माधुर्य छाउँछ । वन पाखामा विभिन्न प्रजातिका फूलहरु फूलेर डकमक्क रहेका हुन्छन् । ती फूलहरुको नमा थाहा नभए पनि यसले सुन्दरता प्रदान गरिहेको हुन्छ । आफ्ना् सबैभन्दा नजिक रहेको धौलागिरी हिमालको शिखरमा पदार्पण गर्न नपाएकाले कविले गुनासो व्यतm गरेका छन् । त्यसैग।री नेपालीको भावना समेटेर कविता रचना नगरेकोमा पनि दुःख व्यतm गरेका छन् । तर यी काम पूरा गर्नेमा विश्वस्त छन् ।

मीठो बास्ना भधुपवनमा आज आइरहेछ

यौटा थुङेगा वनतिर कतै मुस्कुराइरहेछ ।

कोहो कोहो भनी वनवनै क्वैलि गाइरहेछ

नौलो मान्छे कुसुमपथमा हेर आइरहेछ ।। १६

वसन्त ऋतुमा फूलहरुको मगमग बास्नाले हावलाई नै स्वच्छ र पवित्र बनाइरहेको हुन्छ । त्यसको साथै कोइलीले पनि पमठो गीत गाएर आनन्द दिइरहेको हुन्छ । फूलले मन्द मुस्कानको साथ प्रकृतिको सौन्दर्यलाई अझ मजबुत बनाइरहेको हुन्छ । फूलको सुन्दरपनले वातावरण अझ मजबुत बनाइरहेको हुन्छ । फूलको सुन्दरपनले वातावरण निकै रमणिय हुन्छ ।

चौतारीमा वरपिपलको बोट नौले लगाऊँ

छहारीको तलतिर बसी गीत यौटा म गाऊँ ।

आई कैल्यै पनि नसकिने चैतबैशाख मेरा

लाई कैल्यै पनि नसकिने प्रीति नौ लाख मेरा ।। २०

वसन्त ऋतुमा पलाएको पालुवाले शीतल छहारी प्रदान गर्छ । यसरी प्राप्त गरेका शीलत छछहारीमा बसेर गरो मायाप्रीतिका कुरा कहिल्यै पनि सकिँदैन । त्यसैगरी हामीले वसन्त ऋतुपनि पाइरहन्छौ । कुमालेको चक्रझै घुम्ने समयले वसन्त ऋतुलाई दिइरहन्छ ।

बैली जान्छन् कुसुमहरु यी जेठको घाम ओढी

क्वैली जान्छे कुन विरहमा माइती देश छोडी ।

हाँसी खेली दुइदिन, कहाँ जान्छ यो जिन्दगानी

को लैजाला अमरपुरमा फूलको यो जवानी ।।२४

वसन्त ऋतुमा फूलेका फूलहरु पनि वसन्त ऋतु सकिँदै जान थालेपछि ओइलाउन थाल्छन् । यस प्रकारले गर्दा वसन्त ऋतुजस्तै जीवनका दिनहरु पनि सकिँदै जान्छ । वसन्त ऋतुजस्तै जीवनका दिनहरु पनि सकिँदै जान्छ । वसन्त ऋतुपछि कोइलीले पनि गीत गाउन छोड्छ । कविले यो जिन्दगानी सकेपछि स्वर्ग जानुपर्छ भनेका छन् ।

बोक्रा फेरीकन सयमले घाउ सारा पुरिन्छन्

मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन् ।

कस्तूरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध

कुनन् कहिल्यै कुसुम वनमा प्रीतिका गीत बन्द ।। २८

परिवर्तनशील समयसँगै मानिसमा भएका दुःखका क्षणहरु पनि बिस्तारै हराउँदै जान्छ । पीडाका घाउका खाटाहरु उम्कन्छन् र मौरी पनि शीतल हावमा सुन्तलामा घुमिएर सुन्दर हुन्छ । समय घुमिरहन्छ र रमाइला र सुखका दिनहरु बारम्बार आइरहन्छ ।


Go Top