Class 9 Nepali Note
जैविक खेती
शारंश
नेपालमा प्राङ्गारिक मल उत्पादन गर्ने कुनै गारो छैन । यहीँ उपलब्ध वनस्पति अन्य सडेगलेका चिजबाट प्राङ्गारिक मल बनाएर खेती गर्दा जमिनको उर्वर शक्ति बढ्ने तथा खाद्यान्नको उत्पादनमा समेत वृदधि हुने देखिन्छ । आज नेपालीहरु वैदेशिक रोजगारबाट फर्किएपछि जैविक खेतीमा समेत आकर्षित हुन थालेको छन् । नेपाल विविधतायुक्त हावापानी भएको देश हो । यस देशमा अनेक किसिमका जीवजन्तुहरुको अस्तित्वव रहको छ । अनेक प्राणी र वनस्पतिले युक्त यस देशमा जैविक खेतीको सम्भावना प्रचुर मात्रामा रहने कुरालाई सहजै स्विकार्न सकिन्छ । आज नेपालीहरु सहजै स्विकार्न सकिन्छ ।
निश्चित रुपमा रासायनिक खेतीबाट क्षणिक लाभ हुने कुरामा दुईमत हुन सक्दैन तर दीर्घकालीन असर भयावह बन्दैगएको कुरालाई पनि नकार्न सकिन्न । नेपालको भौगोलिक बनावट विविधतामय छ । हावापानी पनि विविधतमय रहेको छ । यसले गर्दा जैविक खेती नेपालमा सहज रुपमा फस्टाउने सम्भावना छ । परम्परागत रुपमा भन्दा केही नयाँप्रविधिको प्रयोग र आधुनिकीकरण गर्दै लैजान सकेका खण्डमा यसबाट पर्याप्त लाभ लिन सकिने देखिन्छ ।
धेरै बाली उब्जाउने र छिटै पैसा कमाउने लालसाले नेपालीहरुको स्वस्थ्यमा दिनँहु गम्भीर सङ्कट उत्पन्न हुन थालेको छ । खेती किसानी गर्ने मानिसहरु आफ्नो बालीनाली जोगाउन विषादी युक्त रसायनको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई ख्यालै गर्दैनन् । त्यस्तै रसायन र विषादी युक्त रक्तचाम, हृदयघात जस्ता डरलाग्दा रोहरुले आक्र्रमण गर्न थालेको छ । राष्ट्रलाई नेपालीहरुको स्वास्थ्य कसरी बचाउने भन्ने कुरो ठुलो चुनौती बनेर आएको छ ।