Class 9 Nepali Note
महिला हिंसा
शारांश
महिलाप्रति गरिने कुरुप र असह्यव व्यवहारहरु यत्रतत्र देख्न पाइन्छ भन्ने कुरालाई माथिका अंशमा प्रस्तुत गरिएको छ । नेपाली समाजमा महिलाप्रति गरिने व्यवहारहरु एकदमै तल्लो स्तरको रहेको छन् । समाजमा महिला जति हेपिने वस्तु अरु केही छैन । उनीहरुलाई वस्तुभाउ सरह मोलतोल गरी बेचिन्छ । महिलालाई उपभोग्य वस्तुभन्दा बढी मुल्यको ठन्ँिदैन । त्यसैले महिला हिँसा समाजमा जिउँदो रुपमा रहेको छ । महिलाको गरिमा र इज्जतलाई ख्यालै नगरी बिक्र्री वितरण गर्न वस्तुका रुपमा हेरिनु र तदनुरुपको व्यवहार गरिनु आफैँमा लज्जास्पद कार्य हो । त्यस्तै महिलालाई जबर्जस्ती बलात्कार गरी मारेर फालिन्छ । यस्ता घृणित सामाजिक परम्पराको अन्त्यका लागि सबै सचेत हुनु र आआफ्नो ठाउँबाट व्यवहारहरु सच्याउनु पनि आवश्यक भइसकेको छ ।
संसारका मानिसहरु कर्तव्य, अधिकार र सारा मानवलाई कसरी सम्मान गर्न सकिन्छ भनेर तदनुरुपमा क्रियाकलापहरु अघि बढाइरहेका छन् । यो ज्यादै लज्जास्पद कुरा हो । विश्वले आज धेरै कुरामा प्रगति गरिसकेको छ । चेतनाका हिसाबले विश्व आज अकल्पनीय अवस्थामा पुगेको छ । आज विश्वमा अनेक प्रकारका परिवर्तनहरु भएका छन् । महिला हिंसा, सामाजिक विभेद, लैङगिक विभेद जस्ता कुरा विश्व परिस्थितिमा नेपालमा भने पुरानै परम्पराले जकडिरहेको कुरालाई माथिका अंशमा प्रस्तुत गरीएको छ ।
समाजमा आज पनि अनेक विभेदहरु छन् । खास गरी महिला माथिको हिंसा अहिले पनि जिउँदै छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरा नपाएको भनी हेप्ने, छोरा र छोरीमा विभेदकारी व्यवहार गर्ने जस्ता अति नै लज्जास्पद क्रियाकलापहरु नेपाली समाजमा देख्न पाइन्छ । विश्वले जतिसुकै प्रगति गरेको भए पनि त्यसले नेपाली समाजलाई छुन सकेको छैन । नेपाली समाजमा अविवेकि कुरा गरेर हिंसालाई बढुवा दिने प्रवृत्ति ज्युँका त्युँ रहेका छ । यस्तो सोचाइ नत्यागेसम्म समाजको सही विकास र उन्नति सम्भव छैन ।
कानुन कडाइका साथ लागु गर्ने र संस्कारमा परिवर्तन गरी समसत्ता कायम गर्न सकेका खण्डमा सामाजिक रुपान्तरण सम्भव हुन्छ । नेपाली समाजको कुरा गर्दा यहाँ नारी हिंसाका अनेक रुप देखा पर्छन । नेपाली नारीहरु छाउपडी देउकी र कुमारी जस्ता प्रथाका सिकार पनि भएका छन् । आर्थिक अधिकारबाट वञ्चित गराइएका र अनेक अविवेकी व्यहारका कारण सामाजिक रुपान्तरण आशातीत रुपमा हुन सकेको छैन । त्यसकारण सामाजिक रुपान्तरण गर्न सर्वप्रथम आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्छ ।