Class 9 Nepali Note

वसन्त कोकिला

शारंश

प्रस्तुत सुन्दर प्रस्तुत मेरो नेपाली किताब कक्षा ९ को पाठ आठ वसन्त कोकिला भन्ने कविताबाट सिर्जित गरिएको हो । युक्त कविताका कवि लेखनाथ पौड्याल ( वि.सं १९४१ – २०२२) द्धारा लिखित कवितामा वसन्त ऋतुको समयमा कोइलाीले प्रदर्शन गर्ने गतिविधिलाई प्रस्तुत गरेका छन ।

कैली घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखको हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क पर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक संसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको रस पिएर सुरिलो गलाबाट वनै थर्किने गरी खुसीसाथ मिठो आवाज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।

बसन्त ऋतुको आफ्नै महत्व छ । यस ऋतुले सबैलाई हर्षित एवम् आनन्दित तुल्याएको हुन्छ । चारैतिर ढकमक् फुलेका हजारैँ फुल तथा लतावृक्ष आदिमा ढपक्कै ढाकेको पालुवाले सौन्दर्य बढाइरहेको हुन्छ । सिरीसिरी हावा चल्नु न जाडो न गर्मी न त अति वृष्टिको भय पनि यस समयमा हुदैन । यस्तो गौरव बढाई रहेको वसन्त  ऋतुमा प्राकृतिक संसारमा रमाउने कोईली खुसी नहुने कुरै भएन । ऊ भित्रैैदेखी सारै खुसी भएको छ । ऊ प्रकृतिको निर्बाध उपभोग गर्न पाउदा गौरवबोध समेत गरिरहेको छ । वसन्त ऋतुले उसका जीवनमा बाहार ल्याईदिएको छ । यस अंशमा वसन्त ऋतुको गौरवगान गरिएको छ । परिष्कृत एव्म परिमार्जित भाषाशैली गरीकन मन जस्ता अन्त्यानुप्रासयुत पदावलि र उपजाति जस्तो शास्त्रीय छन्दका माध्यमबाट प्रकृतिप्रेम सम्बन्धी भावलाई सशक्त र प्रभावकारी बनाइएको छ ।

 यहाँ वसन्त ऋतुको गौरवले कोईली जस्तो मानवेतर प्राणी पनि खुसीले गद्गद् भएको उल्लेख गरेर कविले प्रकृतिको मानविकरण समेत गरेको पाईन्छ ।


Go Top