Class 9 Nepali Note

निद्रा

शारंश

श्री ३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाह देखिन । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने , दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । पतिको यस्तो व्यवहार देखेर बालकुमारीले एक दिन चन्द्रशमशेरसँग भनिन्, ‘‘हजुर किन राम्ररी निदाइ बक्सन्न? जान्नेलाई देखाउन पाए हुन्थ्यो । ’’ जवाफमा चन्द्रशमशेरले भने ,‘‘ मैले कलकतताका ठुला डाक्टरहरुसँग जँचाइसकेको छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । जस्ता कुरा गर्छन ।

 चन्द्रशमशेर प्राय ः रिसाइरहन्थे । उनी आफ्ना भाइ भतिजाहरुसँग पनि झर्काेफर्काे गरेर बोल्थे । रोलक्र्रममा जनुपर्ने भएकाले भाइहरुको कुनै भरोसा थिएन । त्यसै कारण उनले इमानदार फतयलाई हजुरियाबाट र गेहेन्द्रलाई दरबारमै आउन रोक लगाउनेसम्मको काम गरे । उनको व्यवहारबाट  भाइ , भतिजाहरु पनि वाक्क भइसकेका थिए । यस थितिले भाइ, भतिजा पनि शत्रु हुने कुरा उनले बुझेका थिए ।  बालकुमारी आफ्ना पतिका बारेमा अनेक खराब कुराहरु सुन्नु परेकोमा पनि उनी चिन्तित बनेकी छन् ।

 चन्द्रशमशेरले त्रिभुवन चन्द्र कलेजको उद्घाटन गरे । त्यस कलेजको उद्घाटन गरेपछि उनलाई ठुलो पछुतो भयो । कलजमा पढेर शिक्षित भएपछि जनता जहानिया शासनका विरुद्ध आन्दोलनमा सरिक हुन्छन, । आफ्नो सत्ता गुम्छ भन्ने उनले ठानेका थिए । 


Go Top