Class 9 Nepali Note

यात्रा सुरु गरौँ

शाराशं

कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको  एकताबद्ध भई अघि बढ्न आह्वान गरिएको छ । आज  सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैपनस्यता साँध्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नुपर्छ ।

देशलाई अग्रगमनतर्फ डो¥याउन र नव निर्माणको यात्रा प्रारम्भ गर्न समय एकदमै अनुकूल बनेकाले कविले आफ्ना सकारात्मक सन्देशहरु प्रवाहित गरेको छन् ।

कठोर यात्रा पार गरी आज हाम्रो देश नेपाल नयाँ युगमा परिवर्तन भएको छ । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा तयार गरी नेपालीहरुका सपना साकार हुन सक्ने विश्वास कविले व्यक्त गरेका छन् । कविताले धर्म, संस्कृति, क्षेत्र, जात, जाति, भाषा भाषी सम्बन्धी  सकारात्मक सन्देशहरु दिन खोजेको छ ।

पहाड, हिमाल वा मधेसको नारा दिएर विखण्डनतिर जानुको सट्टा आस्थाको केन्द्र मानिएको जानकी धामको माटाको चन्दन लगाउदै र तामाङ वा शेर्पा जातिको सेले नाचसँगैं सहिष्णुताको यात्रा सुरु गर्न पनि कविले आह्वान गरेका छन् ।  कवितामा प्राकृतिक, सांकृतिक आदि विम्बका माध्यमबाट नेपालीहरु अनेक जात, जाति, धर्म, क्षेत्र आदिका आधारमा विभाजित नभई सह अस्तित्व, सहमति, स्वावलम्बन, सहिष्णुता, सहकार्य, नव निर्माण, सहधर्मको यात्रा सुरु गर्नका लागि आह्वान गरेका छन् ।


Go Top