Class 9 Nepali Note
डाक्टर अङ्कल
शारंश
प्रस्तुत कथा डाक्टर ‘अङ्कलका’ कथाकार आत्माराम शर्मा पुडासैनी द्धारा लिखित काथामा उनले गरिब टुहुरो केटो डाक्टर बनेको कुराको बारेमा चित्रण गरेका छन । गरिब परिवारमा जन्मिएको भए पनि वा टुहुरो भए पनि भाग्यमा राम्रो लेखिएको छ भने उसको बुद्धिले पनि ठिक बाटो पहिल्याउँछ र अन्ततः उसले प्रगति गरेरै देखाउछन् । गरिब वा टुहुरो मानिसले प्रगति गर्न सक्दैन् भन्ने आमधारण समाजमा विद्यमान रहेको छ । नेपाली समाजमा डाक्टर बन्नु सामान्य कुरा होइन, टुहुरो र गरिब भए पनि कति हरेस नखाई सङघर्ष र मिहिनेत गरेकाले कमल डाक्टर बनेका छन् । कमलले कथामा कथाकार आत्माराम शर्मा पुडासैनीले एउटा गरिब टुहुरो केटो डाक्टर बनेको देखाएका छन् । दुई छाक टार्न र सामान्य नुनतेल जुटाउन पनि त्यस परिवारलाई मुस्किल थियो । भारी बोक्न जाँदा भिरबाट लेडेर किसानकी जहानको मृत्यु भयो, जेठो छोरो घर छोडी हिँड्नु र छोरीले आफूखुसी बिहे गरी जानु जस्ता घटनाले त्यहाँको सामाजिक परिवेश कति दयनीय थियोे भन्ने प्रस्ट हुन्छ । त्यस्तो दुःखद अवस्थामा अनेक समस्याहरुसँग जुध्दै किसानले आफ्नो कान्छो छोरोलाई विद्यालयमा भर्ना गरिदिन्छ । बाबुको कमाईको आशले पढ्न थालेको कान्छो छोरोलाई बाबुले झर्की फर्की गरेपछि उ आफै काम गरी पढ्न सुरु ग¥यो । यसरी गरिबी र त्यसबाट उत्पन्न जटिलता अनि मेहनत र इमानदारीका साथ काम गरे सफलता प्राप्त हुने विशिष्ट भावका साथै बाल बालिकाहरुमा स्वाभाविक रुपमा देखिने जिज्ञासु प्रवृत्ति र चाहनालाई पनि यसमा देखाएको छ । मेहनेत र इमानदार भए जुनसुकै परिवारमा जन्मिएको भए पनि मानिसले प्रगति गरेरै छाड्छ भन्ने भावलाई यस कथामा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
कमलले असमयमै आमाको मृत्यु भएको कारण मातृ वात्सल्य पाएका थिएनन् । दाजु घर छोडी हिँडे भने बहिनीले पनि आफु खुसी बिहे गरिन् । गरिबीका मारमा बाबु छोराले समय बिताउँदै गर्दा कापी किन्न एक दिन उनले बाबुको दस रुपियाँ पैसा चोरे । बाबुले थाहा पाएर निकै हकारे । यस घटनाले बाबुछोरा दुवैलाई निकै व्यथित बनायो । अन्ततः एकदिन कमल घर छोडी हिँडे । अनेक दुःख हन्डर खाँदै अञ्चल सदर मुकाममा पुगेर व्यापारीका घरमा काम गर्दै पढ्न थाले । उनले पढाइमा उत्कृष्टता हासिल गर्दै गएका कारण विदेशमा गएर पढ्नका लागि छात्रवृत्ति समेत प्राप्त गरे । पाँच वर्ष विदेशमा पढेर डाक्टर बनेका कमलले मिहिनेतकै कारण सम्मानित जीवन बाँच्ने अवसर पाए ।