Grade 11 Nepali Note

बौलाहा काजीको सपना

बोलाहा काजीको सपना
विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् ।  नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको  पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् । 
पात्रहरुः
१) बहुला काजी :
    यस नाटकको महत्वपूर्ण  र प्रमुख चरित्र पात्र बहुला काजी हो । उसले संसार परिवर्तन गर्ने मिठो सपना देखेको छ । उ दिन दुःखी हरुको सेवा गर्ने विरामीलाई औषधोपचार गराउने, अनपढलाई पढाउने व्यवस्था गर्ने, मृतकलाई घाटमा पु¥याउने समाजसेवी एवं मानवीय गुण सम्पन्न असल पात्र हो ।

२) विरे : 
विरबहादुरका नामले पनि चिनिने वीरे यस नाटकको अर्को महत्वपूर्ण पात्र हो । उ देशको सामाजिक अव्यवस्था तथा विश्व राजनीतिका विषयमा  गहिरो चिन्तन गर्ने, हृदयमा क्रान्तिको चिराग बालेर समाजलाई उज्यालो छर्न  चाहने हनहार विदार्थी असल पात्र हो ।

३) भक्ते : 
भक्ते यस नाटको प्रौढ पात्र हो । आर्थिक स्थिति कमजोर भएका कारण उसले अर्काको भारी बोकेर जीविको पार्जन गरेको छ । उ अलि एकलकाटेँ स्वभावको रिसाहा र झगड्या भए पनि परिवर्तनको विचार बोकेको असल पात्र हो ।

४) माने : 
माने भक्तेको साथी हो । उमेर ढल्किदै गएको साधारण जीवन विताउन विवश भएको यो पात्र भारी बोकेर कमाएको ज्याले मजदुरीले गुजारा चलाउने, केटाकेटीलाई माया गर्ने, साथीलाई आपद् पर्दा सहयोग पु¥याउने मानवीय व्यवहार भएको असल साथी पात्र हुन् ।

५) विक्रम भरत : 
विक्रम भरत विरेका स्कुलका साथीह हुन् । उनीहरु अरुको खिल्ली उढाउने, हेप्ने, पढेर व्यवहारमा उतार्न  असफल, गरिबको मजाक बनाउने खराब पात्र हुन् ।

६) राम, बद्री : 
विरेका स्कुलका साथीहरु हुन् । उनीहरुले विरेका दुःखमा साथ दिएका छन् । बिरे सँगै परिवर्तनको लागि साथ दिने असल विचार भएको असल साथी हुन् ।

    यस नाटकमा प्रयोशील पात्र बौलाहा काजी नयाँ नयाँ सपना देख्दछन् उनले देखेको सपना पूरा गर्ने विरे थियो । विरेको मृत्युले भक्तेलाई ठू
लो चोट पु¥याथ्यो । उ छोराको मृत्युको आलाप विलाप गरेर रुन लाग्दा बौला काजी आइपुग्छन् र उनी भक्तेलाई तेरो एउटा छोरो थियो त्यो मर्यो अब  असंख्य छोराहरु भएका छन् । तेरो त्यो बिरेले पाउने माया तिनलाई बाडीदे । तेरा इच्छा पुरा हुनेछ । म अर्को समना सृजना गर्दछु । गरिबीलाई संसारबाट टाढा मिल्काइदिन्छु  गरिबीलाई मिल्काउदाँ मानिस बाधा हुन्छ भने म त्यसको दुश्मन हुन्छु र त्यससँग लड्छु । बुद्धि बाधा भए सिल्ली हुन्छु । परमेश्वर ने खडा भएर वाधा दिए म नास्तिक हुन्छु । यो संसार एक दिन सुखी हुनु छ भन िनयाँ नयाँ सपना सृृजना गर्ने बौलाहा परिवर्तनशिल, जुधारु र मानवीय सदाचार राख्ने पात्र हुन् । 

धारणा 
समय गनिशिल छ । समयलाई कसैले रोक्न सक्दैन । दिन पछी रात भए जस्तै गरिब दुखी पनि सँधै हुँदैनन् । निर्माण र विकासका कार्य योजनाहरुलाई कार्यान्वयन गर्ने र सुचारु रुपले अगाडी बढाउने हो भने संसारमा एक दिन सुखी आउँछ । सुख पनि दुइ प्रकारका छन् ।भौतिक सुख र  आध्यात्मिक सुख । मान्छेले आफूसँग भएको कुरामा सन्टुष्ट पनि हुन सक्नु पर्छ । एक पछी अर्को सुख खोज्दै हिड्ने हो भने संसारले एकदिन सुखी नहुन नी सक्छ । तर बुहुला काजीको सपना नाटकको जुधारु एवम् विद्रोही स्वभावको यो पात्र समाज परिवर्तन गर्ने खाका कोर्दै र त्यसलाई समलीभूत पार्ने योजना बनाउँछ । उसको सपना एकपछि अर्को भताभुङ्ग र लथालिङ्ग हुन्छ । बिरेको मृत्युले आहत बनेको भक्तेलाई तेरा एक मात्र छोराका सट्टा अब असङ्ख्य छोराहरुलाई माय बाँडिदे भन्ने काजी नयाँ सपना देख्न पुग्छ । उसको समना नेपालको राजनीति, समाजिक संरचना र आर्थिक विभेदनकताका कारण पूरा हुन सक्दैनन् तर उ हार मान्दैन ।
प्रश्तुत नाटकमा सामाजिक असमानता, अशिक्षा तथा आर्थिक अभाव हटाउँदै एउटा सवल स्वस्थ समाज निर्माण गर्ने कार्यमा बहुला काजी अटल रहेको छ । यस नाटकमा कसैको शोषण नगरी काम गरे, पसीना चुहाएर न्यासित कमाउनु पर्ने भावनामा प्रतिनध्वनित भएको छ । काम नगरी क्यै नखानु इश्वर सित पनि हात फैलाएर क्यै नमाग्नु आमाबाबुससित पनि आफूले क्यै नगरी क्यै नलिनु र भगवानलाई कहिल्यै घुस ख्वाएर पुकार नगर्नु जस्ता अमर सत्यको उद्घाटनगरी मानवीय सदाचारको पाठ सिकाउने उदेश्य राखिएको छ ।समाजमा हेय ठानीएर उपेक्षित भएका दःखी–दरिद्रका छोराछोरीले पनि पढ्नुपर्छ भन्दै प्रतिभाशाली व्यक्तिले त पढ्नै पर्नै धारण व्यक्त गर्दै शिक्षा विना देशो विकास सम्भव छैन भन्नु लेखकको उदेश्य देखिन्छ । धनी र गरीबका वीचका असमानता हटाउनु पनि य नाटको अर्को उदेश्य हो । यसरी सामाजिक असमानता अशिक्षा, आर्थिक अभाव हटाउँदै खुसी सम्पन्न समाजको निर्माण गर्ने उद्देशय बोकेको  नाटकमा आधिकार मागेर होइन खोेसेर लिनुपर्छ भन्ने धारणा व्यक्त भएको देखिन्छ ।


Go Top