Class 10 Nepali Note

नेल्सन मन्डेला

नेल्सन मन्डेलाको जन्म दक्षिण अफ्रिकाको ट्रान्स्की क्षेत्रमा पर्ने उमटाटा भन्ने ठाउँमा सन् १९१८ जुलाई १८ तारिखका दिन भएको थियो । नेल्सन मन्डेला दक्षिण अफ्रिकाका एक महान राजनीतिज्ञ हुन् । वास्तवमा उनी शोषण र उत्पीडनका विरुद्धमा सम्पूर्ण मानवजातिकै लागि संघर्षका प्रतिक एवम् प्रेरणाका स्रोत हुन् । म स्वाधिनता प्राप्तिका लागि जीवनपर्यान्त संघर्ष गरिरहन्छु । भन्ने मन्डेला एक स्वाभिमानी जननेता हुन् । उनी अफ्रिकामा देश र त्यहाँका अश्वेत जनताका हकहितका पक्षमा लामो समयसम्म संघर्ष गर्ने व्यक्तित्व हुन् । उनले काला र गोराबीच भेदभावलाई अन्त्य गरी अफ्रिकी जनतालाई समानताको अधिकार प्रदान गर्ने एक अथक राजनीतिज्ञ योद्धा तथा प्रजातन्त्रप्रेमी कुशल शासक पनि हुन् । उनले जीवनम धेरै संघर्ष गरे । मन्डेलाले देश र जनताको स्वाधीनता एवम् स्वाभिमानलाई जीवन्तता दिने उद्देश्य राखी सङ्घर्ष गरेका थिए ।
      श्वेत सरकारको शासनकालमा दक्षिण अफ्रिकाका मूल जातिको अवस्था अत्यन्त गम्भिर दयनीय थियो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार आदिका अवसरबाट बञ्चित गरिएको थियो । गोराहरु सुविधायुक्त ठाउँमा बस्थे भने कालाहरुलाई गाउँ वा ग्रामीण इलाका जहाँ सुविधा हुँदैन त्यस्तो ठाउँमा बस्न बाध्य बनाइएको थियो । सरकारी निकायका उच्च तहमा गोराहरु नै थिए । उनीहरुकै अधिपत्य थियो । जसले गर्दा कालाहरुलाई हरेक क्षेत्रमा भेदभाव गरिनुका साथै गोरा जातिहरुबाट अशिष्ट र अभद्र व्यवहार गरिन्थ्यो । काला जातिहरु गोरा जातिको शोषण, अन्याय, अत्याचारबाट पीडित थिए । गोरा जातीले कालाहरुलाई दास बनाएर राखेका थिए । त्यस्तो गोरा जातिको निरङ्कुश शासनव्यवस्थाको विरोध गर्दा उनले सत्ताइस वर्ष लामो जेलजीवन पनि बिताउनु प¥यो । उनी त्यस्तो निरङ्कुश शासन व्यवस्थाको अन्त्य गर्नका लागि लामो समयसम्म सङ्घर्ष गरिरहे । मन्डेला एक महान राजनीतिक व्यक्तित्वलाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय क्षेत्रको सहयोगबाट जेलमुक्त गराइयो । उनी जेलपछि दक्षिण अफ्रिकामा भएको निर्वाचनमा अफ्रिकी राष्ट्रिय कांग्रेसका तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार भए र अत्याधिक मतले विजय भई सन् १९९४ मा दक्षिण अफ्रिकाका प्रथम अश्वेत जननिर्वाचित राष्ट्रपति बने । उनी राष्ट्रपति भएपछि दक्षिण अफ्रिकामा रङ्गभेद शासनको अन्त्य भर्य प्रजातान्त्रिक शासनव्यवस्थाको सुत्रपात हुन पुग्यो । त्यसपछि त्यहाँका अफ्रिकी जनताले स्वतनत्रता, समानता तथा कानुनी राज्यको उपभोग गर्न पाए यसरी मन्डेलाले दक्षिणी अफ्रिकी जनतालाई स्वाधीन तुल्याए । 
               उनले जीवन धेरै संघर्ष गरे । अन्तत उनी शोषित–पीडित जनताको मुक्तिको खातिर निरन्तर रुपमा लडेर सफलता प्राप्त गर्न सक्षम मन्डेलालाई एक सफल राजनीतिज्ञ भन्न सकिन्छ । हामीले यसरी मन्डेलाले जस्तै उनका राम्रा बानीहरुको अनुसरण गर्नुपर्छ । उनीजस्तै हाँसी–हाँसी बोल्ने सबैलाई राम्रो व्यवहार गर्ने जस्ता थुप्रै बानीहरुको अनुसरण गर्नुपर्छ । 

 

 


Go Top