Class 10 Nepali Note

मिथिला चित्रकला

मिथिला चित्रकला
मिथिला चिकला नेपालको सांस्कृति सम्पदा हो । नोपलको तराईको मिथिला क्षेत्रमा निकै राम्रोसँग फस्ताएको यस चित्रकला नोपलको चित्रकलाको एक अभिन्न अङ्गको रुपमा स्थापित भएको छ । मिथिला चित्रकालाको आफ्नै मौलिक विशेषताहरु छन् । विशेष गरी भुइँमा र भित्तामा यस्ता किसिमका चित्रकला बनाइने हुनाले यसलाई भूमीचित्र र भित्तेचित्र पनि भन्ने गरिन्छ । स्थानिय स्रोतसाधनको प्रयोगले नै आकर्षक चित्र बनाइनुको साथै रङ्ग संयोजन पनि गरिने हुनाले यो विशेष महत्वको छ । विभिन्न खाले रङ्गको तयारी गर्नको लागि भिन्न भिन्न स्थानिय स्रोत साधनको प्रयोग गरिन्छ । नीलको बोटबाट निलो, चामलको पिठोबाट सेतो , गोबरमा ध्वाँसो र गुद मिसाएर कालो ,बाख्रीको दुधमा सिन्दूर मिसाएर सिन्दूर, बेसारबाट पहेलो सिमीको पातबाट हरीयो र सागपात र फलबाट रातो रङ्ग तयार पारिन्छ । खास गरी विवाह, ब्रतबन्ध, चाडपर्व, पूजाआजा आदि अवसरहरुमा मिथिला चित्रकाल बनाइन्छ ।

मिथिला चित्रकलामा लौकिक र पारलौकिक चित्रहरु समावेश हुन्छन् । देवीदेवताको अनुहारमा मानवीय भाव र संवेदना व्यतm गरिएको हुन्छ । मिथिला चित्रकला अनौपचारिक रुपमा मैथिल नारीहरुमा एउतटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । मिथिला चित्रकलामा विभिन्न विम्ब र प्रतीकको प्रयोग गरिएको हुन्छ । यस चित्रकलामा हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीक मानिन्छ । घोडालाई बल र पुरुष जाति, गाईलाई पवित्रता र मातृत्व, सुगालाई गुरु र मित्रता, माछालाई नारी जाति र हाँसलाई सौन्दर्य र विवेक, कमलको फूललाई स्नेह, कोमलता, नारी जाति र वैभव , बदम्बको पूललाई प्रेम र बाँसलाई बंशवृद्धि र पुरुष जातिको प्रतीक मानिन्छ ।


Go Top