Class 10 Nepali Note

न्यायको पধ

न्यायको पक्ष कथाकार बदरीनाथ भट्टराई (१९६५–२०५२) द्धारा लिखित पौराणिक कथा हो । यस कथामा महाभारतकालीन समयमा कौरव र पाण्डवका पक्षमा देखिएको सानो झगडालाई देखाइएको छ । यस कथाबाट असत्य माथि सत्यको विजय हुने साश्वत नियम भेटिन्छ । यसले सदैव सत्य न्यायको पक्षमा हुन्छ । अन्याय गर्नेलाई सदा घृणा गरिन्छ । फेरि केही समय अन्यायीहरुले रजाइ गरे पनि अन्त्यमा गएर न्यायको नै जित हुन्छ । निश्चित नै न्यायी र असल व्यक्तित्व युग युगसम्म पनि बाँचिरहन्छन् । भन्ने सन्देश यस पौराणीक कथाले दिने सन्देश हो । 
                  कथाको घटनाक्रमअनुसार सरस्वती नदिको किनारमा पाण्डवका पुरोहित दिउँसोको स्नान गर्न लागिरहेका हुन्छन् । नियमानुसार नुहाइसकेर धोती फेर्न लागेको बेला विदुर आफैतिर आउँदै गरेको उनले देख्छन् । विदुर निकै हतारमा देखिन्छन् । राजनीतिका ज्ञाता विदुरको चाला देखेर धौम्यले उनलाई आफैतिर बोलाउँछन् । धौम्यलाई भेट्टाएर विदुर निकै खुसी भए । उनले पाण्डवहरु कहाँ छन् भनी धौम्यलाई सोधे । धौम्यले पाण्डवहरु आश्रमै भएको कुरा बताएर केहीछिनपछि आरामसाथ जाऔँला भने । विदुरले आफुलाई हतार भएकाले चाँडै भेट्न जाने कुरा गरेपछि तपाइजस्तो सहनशील मानिसले यस्तो अधैर्य गर्नुको कारण के हो बताउनुहोस् भनी धौम्यले अनुरोध गरे । विदुरले कलियुगले छोपेकाले अनर्थ भयो भनी बताए । धौम्यले धृतराष्ट्रले पछुतो गरेर पाण्डवलाई लिन पठाएको पो हुन् कि भन्ने शङ्का व्यक्त गर्दा त्यस्ता जालीले पछुतो मान्ने र लिन पठाउने त कुरै छैन नि भने । त्यसपछि धौम्यले वनमा आउनुको कारण सोधे । दुर्याेधनका हातमा सारा राज्य परेपछि आफूलाई वास्ता गर्न छोडेको, धृतराष्ट्र मख्ख परेर बसेको, मुसुमुसु हाँसेको देखेर विदुरले धृतराष्ट्रलाई तपाइले मर्नु पर्दैन भनी सोधेको कुरा बताए । धृतराष्ट्रका यस्ता कुरा सुनेर यस्तो चाललार्य पिसाजनीति भनिन्छ । राजनीतिमा चल्न चाहनुहुन्छ भने युधिष्ठिरलाई ल्याएर राजगद्धीमा बसाउनुहोस् भन्दा धृतराष्ट्रले धर्मनीतिका कुरा गरेको बताए । साथै उनले पाण्डवहरुलाई राज्य सुम्पिएर आफैँ छोराको अहित कसरी गरुँ भनी बताए । साथै उनले पाण्डवहरुलाई राज्य सुम्पिएर आफैँ छोराको अहित कसरी गरुँ भनी बताए । यस्तो कुरा सुनेर धौम्य धृतराष्ट्रप्रति कु्रध भएर । धृतराष्ट्रलाई तपाई जस्ताले शङ्का गर्नु स्वाभाविक हो भन्दा उनले गाली गरेको कुरा गरे । पाण्डवको पक्ष लागेर मेरो सन्तानको सत्यानाश गर्ने घुसघुसे भनी दोष लगाएको कुरा पनि उनले बताए । धृतराष्ट्र रिसाएकै कारण तपार्य आउनु भएको हो कि भनी विदुरलाई धौम्यले सोधे । उनले आफू नडराएको र पाण्डवको दु्रत भएको कुरा बताएको र आफूले दुर्याेधनलाई कुलाङ्गार भनी गाली गरेको जनाए । साथै दुर्याेधनले पाण्डवहरप्रति गरेको दुव्र्यवहार कारण तँलाई नै बनबास पठाउनुपर्ने कुरा गरेको जनाए । साथै दुर्याेधनले पाण्डवहरुप्रति गरेको दुव्र्यवहारका कारण तलाइँ नै बनबास पठाउनुपर्ने कुरा गरेको जनाए । विदुरका कुरा सुनेर धौम्य खुसी भए । विदुरका कुरा सुनेर दुर्याेधनले आफुलाई सिध्याउने धम्की दिएको पनि जनाए । त्यसपछि तेरो राज्यमै बस्दिनँ, न्यायको खातिर ज्यान दिन पनि तयार छु भनेको कुरा जनाए । त्यसपछि दुर्याेधनले दाह्रा किटेको, धृतराष्ट्रले पाण्डवको पक्ष धुर्त भनेर गाली गर्दै निस्केर जा भनेकाले यतैतिर आएको कुरा विदुरले धौम्यलाई जानकारी गराए । आफ्ना मनका सारा बह पोखेपछि विदुरको आवेश केही शान्त भयो र केही समयपछि दुवै आश्रमतिर लागे । 

 


Go Top