Class 9 Nepali Note

छात्रवास

शारांश

पाठ्याक्र्रमले निर्धारण गरेको क्षमता अभिवृद्धि गर्न र पढाइमा विशिष्टता हासिल गर्न छात्रावास उपयुक्त थलोका रुपमा रहेको हुन्छ । घरमा बसेर पढ्दा विद्यार्थीलाई घरका अनेक समस्याले सताउने गर्छ । यस्तो अवस्थामा विद्यार्थीले एकाग्र भएर अध्ययनलाई अघि बढाउन सक्दैन । जसले गर्दा तह अनुसारको याग्यता हासिल गर्न उसलाई निकै कठिन हुन्छ । शिक्षण सिकाइमा पछि विद्यार्थी लाभान्वित हुने र सहपाठी सिकाइको अवसर पाउने अनि विद्यालयको परामर्श प्राप्त गर्न पनि छात्रावसको बसाइ आभदायक हुने गर्छ । घरमा बसेर पढ्न असमर्थ विद्यार्थीका लागि छात्रावास उपयुक्त थलो मानिन्छ । विद्यार्थीले छात्रावासमा उपयुक्त शौक्षिक वातावरण प्राप्त गर्न सक्छ ।  गृहकार्य गर्न असमर्थ विद्यार्थीलाई सहयोग प्राप्त हुन्छ ।  अत : विद्याथीका लागि भौतिक संरचनामा बसाइको ठुलो महत्व रहेको कुरा स्पष्ट हुन्छ ।

 

 तलको निवेदन पढेर त्यसको जवाफमा लेख्ने पत्र तयार गनुहोस्

श्रीमान् माहाप्रबन्धक,

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड,

सानोठिमी, भक्तपुर ।

विषय स् मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन गर्नेबारे ।

महोदय,

म यही आदर्श माध्यामिक विद्यालय, सानाठिमीमा कार्यरत शिक्षक हुँ । यस विद्यालयका कक्षा नौ का विद्यार्थीले पाठ्यपुस्तक छापेको दृश्य हेर्न मन गरेका छन् । म आफैँलाई पनि यस बारेमा पा्रविधिक अनुभब छैन । हाम्रो भाबनासँग सहमत भएर विद्यालयले पनि शैक्षिक भ्रमण गर्न अनुमति प्रदान गरेको छ । अतः यसका लागि कार्यक्रम निर्धारण गरि हामिलाई अवलेकनको अवसर प्रदान गर्नु हुन अनुरोध छ ।

 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड

सानोठिमी, भक्तपुर ।                

मिति : २०७२र११र२५               

 

उत्तर

                                   

श्री शिवकुमार निरौला

(नेपाली विषय शिक्षक)

आदर्श माभ्यमिक विद्यालय,

सानोठिमी, भक्तपुर ।

विषय : मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन अनुमति दिएको समबन्धमा ।

महोदय,

तपाईबाट प्रेषित निवेदनमा कारबाही हुँदा तपाई र कक्षा नौका विद्यार्थीलाई पाठ्य पुस्तक छापेको दृश्य हेर्न अनुमति दिने निर्णय गरिएको छ । त्यसका लागि मिति २०७२ फगुन २८ गते शुत्र्रmबारका दिन उपराह्न २ः३० बजेको समय तोकिएको छ ।

उक्त समयमा विद्यार्थीलाई अनुशासित रुपमा शौक्षिक भ्रमण गराउनु हाला ।

महाप्रबन्धक                           

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड

सानोठिमी, भक्तपुर                  


Go Top