Class 9 Nepali Note

मङ्गलाका तिन दिन

शाराशं

प्रतिस्पर्धा भनेपछि एक प्रकारको छटपटाह भने हुँदो रहेछ । स्वभाव वा प्रकृति हो । यही स्वभावजन्य कुराले गर्दा मानिसका मनमा प्रतिस्पर्धाको भावना हुन्छ । प्रतिशपर्धामा सबैले आफूले जित्ने दाबी गरिरहेका हुन्छन । जतिसुकै दाबी गरे पनि प्रतिस्पर्धामा एकजनाले जित्नु र बाँकीले हार्नुृ स्वभाविक मानिन्छ ।  प्रतिस्पर्धा समान बोद्धिक स्तर  वा हैसियत भएका व्यक्तिहरुका बिचमा हुने गर्छ । त्यसबेला अरुभन्दा आफू जान्ने छु  र प्रतियोगीहरुलाई सजिलै परास्त गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धामा उसले भाग लिन्छ ।

हरेक कामलाई महत्त्व र जुनसुकै कामलाई सम्मान गर्ने बानीको विकास गर्नु आजको आवश्यकता हो युगको माग हो । मानव जीवनमा श्रमको ठुलो महत्त्व रहेको छ । श्रमले परिवार, समाज र राष्ट्रको उन्नति र प्रगति हुन्छ । श्रम गर्न मानिसहरु अल्छी गर्छन । अल्छी मात्र होइन, शारीरिक श्रम गर्नेलाई हेराईको दृष्टिले समेत हेप्छन । विद्यार्थी वर्गले बौद्धिक र शारीरिक श्रम गर्नु आवश्यक छ । जसले श्रम गर्दैन त्यसले जीवनमा सफलता पनि प्राप्त गर्न सक्दैन । शारीरिक श्रम गर्नेको स्वास्थ्य राम्रो हुन्छ र उसले पढाइमा पनि राम्रो प्रगति गर्छ । बल  गाउनुपर्नैै  कामलाई पनि मानिसहरु सम्मानित दृष्टिले हेर्दैनन् । शारीरिक श्रम र बलको कामलाई पनि अरु काम सरह सम्मान गर्नु बुद्धिमानी हुने कुरा उक्त अशंमा बताइएको छ ।


Go Top