Class 9 Nepali Note
बहिनीलाई चिठी
शारंश
भान्जाले मामालाई लेख्ने चिठी
कृष्ण मामा, ग्रामिण आर्दश उ मा वि सादर नमस्कार । नेपालटार २०७३/३/१२
म यहाँ सन्चै छु । त्यहाँ मामा माईजु पनि आरामै होस् भन्ने कमना गर्दछु । तपाईले पठाउनुभएको चिठी हिजो मात्र हात लाग्यो । गाउको खबर सबै राम्रो सुन्न पाउँदा खुसी लाग्यो ।
हजुरले मलाई चिठीमा खानेकुराको बारेमा केही कुरा राख्नुभएको रहेछ । त्यसको लागी हजुरलाई धेरै धेरै धन्यावाद पत्रमा म आफ्ना कुरा राख्न चाहन्छु । मामा मानव जीवनमा स्वास्थ्यको ठुलो महत्त्व रहेको हुन्छ भन्ने कुरा मैले हुजुरलाई भनिरहनु पर्देन । आजकाल बच्चाहरु बजारिया खाना खान मरिहत्ते गर्छन् । यो स्वास्थ्यका लागि ज्यादै हानिकारक छ । कुनै पनि जंग फुट, तारेका वा अन्य मसलादार वस्तुहरु बाल बालिकालाई खुवाउने काम पटक्कै नगर्नुहोला । बजारिया खानाकै कारणहरु आजकालका बालबालिका सानैदेखी रोगी हुन थालेका छन् ।
आफ्ना बालबालिकालाई घरेलु खानेकुरामा अभ्यस्त गराउनु होला । घरमा उपलब्ध हुने मकै, भटमास, कोदो फापर ,गहुँ, सागसबजी , फलफुल आदिको सेवन गराउन सके बालबालिका निरोगी हुने मौका छ । त्यसैले मामाले यसतर्फ ध्यान दिनु होला भन्ने आग्रह गर्दछु । आजलाई कलम यहीँ बन्द गर्न चाहन्छु केही जिज्ञासा राख्नु भएमा आगमी दिनमा पत्रमा लेख्ने नै छु ।
तपाईको प्यारो भान्जो
विष्णु पाण्डे
खामको नमुना
प्रेषक प्रापक
विष्णु पाण्डे श्री कृष्ण पौडेल
काठमाडौँ नेपालटार धादिङ् ज्यामरुङ्