Class 9 Nepali Note

बन्धनबाट मुक्ति

शाराशं

प्रस्तुत  कथा बन्धनबाट मुक्ति मेरो नेपाली किताबको कक्षा नौ को ‘बन्धनबाट मुक्ति’ कथाबाट साभार गरिएको हो । राजेद्र विमलाद्धारा लिखित कथामा उनले नेपाली समाजका यावत् गतिविधिहरुलाई विषयवस्तु बनाएर कथा लेख्छन् । देशभक्ति, सहअस्तित्व, जातीय सद्भाव तथा मानव कल्याण उनका कथामा पाइने प्रमुख विशष्ोता हुन् । माथिको अंश मास्टर चोआलालकी श्रीमतीको मृत्यु पश्चात इष्टमित्र, छरछिमेकीहरुले वृधवस्थामा भोग्नुपर्ने कुरा सम्झाउने क्रममा आएका छन ।  मानिसले आफ्ना जीवनमा विभिन्न इच्छाहरु पुरा गर्ने चाहना राखेको हुन्छन् । ती चाहनामध्ये मृत्यु हुँदा सँगसँगै जान  पाए कति आनन्द हुने थियो र दुवै मध्ये कुनै एक जनाको मृत्यु पश्चात् एकल जीवन ज्यादै पीडादायी हुने हुनाले यस्तो चाहना राख्नु स्वाभाविक मानिन्छ । तर ईश्वरको कृपा र मृत्युको नियमअनुसार मान्छेले चाहेजस्तो कहिल्यै हुन्न ।

सँगै बाँच्न र सँगै मर्ने मान्छेको नियमअनुसार मान्ेले चाहेजस्तो कहिल्यै हुन्न । सँगै बाँच्ने र सँगै मर्ने मान्छेको चाहना पुरा हुने सम्भावना हुँदै हुन्न । श्रीमान् र श्रीमतीमभ्ये एकजनाको मृत्यु हुन्छ । बाँच्नेले बिजोग बेहोर्ने हुन्छ । यही जीवनको तितो यथार्थलाई मिठो र आकर्षक भाषा शैलीमा उक्त अंशमा प्रस्तुत गरिएको पाइन्छ ।

सन्यास रुप धारण गरी भजन किर्तन र धेरै चेलाहरुका बिच आनन्दपूर्वक जीवन बिताइरहेका चोआलालको हृदय आध्यात्मिक चेतनाले ओतप्रोत भएको छ । उनी म पात्रलाई यही आध्यत्मिक सन्देश प्रवाहित गर्न चाहन्छन् । म पात्रलाई उनी आफ्ना हृयमा अटाउन सक्थे सबै आफन्त भएको र त्यस रुपमा व्यवहार आनप्रदान गरे सबैबाट माया पाउने र आफूबाट अरुले पनि माया पाउने कुरा गर्छन् । असार मानिएको संसार त्यस्तो बेला कसैको नभएर आफ्नै हुने यो बृहत मानवतावादी विचारलाई सन्यास रुप धारण गरेका चोआलाललेव यहँ प्रस्तुत गरेका छन् ।  संसार सबै मानिस आफन्त सरह हुने बृहँत्तर सोचलाई यहाँ आकर्षक भाषाशैलीमा यहाँ प्रस्तुत गरिएको छ  । 


Go Top