Class 10 Nepali Note

इमानसिहं चेमाजोङ

इमानसिंह चेमजोङको जन्म दार्जलिङको कालेबुङमा सन् १९०४ जनवरी १ मा भयो । इमानसिंह चेमजोङले आइ. ए. सम्म पढेका थिए । इमानसिंह चेमजोङले किराती भाष, लिपि र संस्कृतिको पुनः उत्थान गर्ने कार्यलाई नै आफ्नो जीवनको लक्ष्य बनाए ।

       इमानसिंह चेमजोङले आफ्नै किराती भाषा र संस्कृतिको रक्षाको लागि आफ्नो जीवन समर्पण गरेका छन् । आफ्नो व्यतिगत स्वार्थलाई तिलाञ्जली दिएर सम्पूर्ण जातिको अस्तित्वरक्षाको लागि यिनी निरन्तररुपमा लागिरहे । उनको खोज र अनुसन्धाले गर्दा आज किराती जाति एउटा सभय जातिको रुपमा परिभाषित भएको छ ।

आफू सानो छदाँ कसैले किरातीहरु भनेको जङ्गली जात हो भनेर भनेको कुरा यिनले सुने जसलेगर्दा यिनको बालमस्तिष्कमा निकै गम्भिर छाप प¥यो । यसलेगर्दा उनी मन,वचन र कर्मले किराती भाषा, लिपि र संस्कृतिको अध्ययन अनुसन्धानमा लागे। यिनले आफ्नो भाषा र संस्कृतिको रक्षाको लागि विभिन्न संघसंस्थाहरु खोलेर काम गर्न थाले । लिम्बुवान र खुम्बसवान क्षेत्रमा गएर त्यहाँको भाषा ,इतिहास, धर्म र संस्कृतिको बारेमा सक्रियताको साथ अध्ययन गरे । यिनले किराती भाषामा निकै पुस्तकहर लेखे र अनुवाद पनि गरे । उनले विभिन्न सांस्कृतिक र पुरातात्विक महत्वको स्थलहरुको भ्रमण गरी अध्ययन र विश्लेषण गरे । उनले आफ्नो घरमा भेटेजति पुराना हस्तलिखित कागजपत्रहरुको संकलन गरी त्यसको बारेमा पनि अध्ययन गरे । आफ्नो तन, मन, र धन दिएर राजधानीमा नै बसेर यिनले आफ्नो भाषा र संस्कृतिको उत्थानको लागि काम गरे । जन्मथलो भारत भएपनि कर्मथलो नेपाललाई नै बनाएका यिनले किराती भाषा र संस्कृतिको उन्नतिमा विशिष्ट योगदान प¥याएका छन् ।

                           व्यतिmगत रुपमा नै निकै सक्रिय भएर काम गरेकाले उनले आफ्नो मेहनतलाई ठोस उपलब्धिमा रुपान्तरण गर्न सफल भए । त्यसैले निकै संघर्ष गरेर कुनै क्षेत्रमा निरन्थतर काम ग¥यो भने प्रगतिथुम्कीमा पुग्न सकिन्छ भन्ने प्रेरणा इमानसिंह चेमजोङको जीवनीबाट लिन सकिन्छ ।


Go Top