Class 10 Nepali Note

व्यापारिक चिठ्ठी

साझा प्रकाशन
पुल्चोक, ललितपुर
मितिः २०६५।१।२० गते
श्रीमान् अध्यक्षज्यू,
पञ्चकन्या वुक्स सेन्टर
फुङलिङ ४, ताप्लेजुङ
विषयः पुस्तकहरु पठाइएको वारेमा
महोदय, 
      वर्तमान पाठ्यक्रम अनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा १० का अनिवार्य पुस्तकहरु उपलव्ध गराइएको छ । 
१. नेपाली    ५०० प्रति
२. अंग्रजी    ५०० प्रति
३. गणीत    ५०० प्रति
४. विज्ञान    ५०० प्रति
५. सामाजिक शिक्षा    ५०० प्रति
६. स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षा    ५०० प्रति
जम्मा    ३००० प्रति
उल्लेखित पुस्तकहरुको भुक्तानीका लागि हाम्रो कार्यलयको नाममा पेस्कीस्वरुप पठाएको रु ५०,०००/ को बैङ्क ड्राफ्ट प्राप्त भएको छ । बिल प्राप्त भएपछि बाँकी रकम उपलब्ध गराउन अनुरोध छ ।

भवदीय
महाप्रबन्धक
 

 

साथीलाई चिठी :
मिति : २०७१/०१/०१ गते
प्यारो साथी वीलसेयर,
सुमधुर सम्झना । 
म यहाँ आरम नै छु र त्यहाँ पनि पशुपतिनाथको कृपयाले सबैजनालाई सञ्चै छ भन्ने आशा गरेको छु । १० वर्षे जनयुद्धले हाम्रो देशमा अशान्ति पैदा गरायो । तर यसको अन्त्य शान्तिको ढोका ढकढकाएर भएको छ । अहिलेको वर्तमान परिवेशमा समाजमा विकास गरेर देशलाई समृदितिर उन्मुख गराउने नै सबैको मुख्य ध्यय हो । आपसी मेलमिलाप र समझदारी बिना यो कुरा निकै कठिन र असम्भवप्राय नै छ । आपसी मेलमिलाप र समझदारी जस्ता आधारभूत आवश्यकताहरु बिस्तारै पूरा गर्दै विकासका परियोजनाहरुमा मन, वचन र कर्मले लाग्नुपर्छ । सभ्य एवम् उत्कृष्ट समाजको कल्पना शान्ति र सहअस्तित्व बिना पुरा हुँदैन । त्यसैले गाउँका सबै मानिसहरुले यस किसिमको कुरामा विशेष जोड दिनुपर्छ । धन्यवाद !

उही तिम्रो साथी
आरोन रामजे

खामको नमुना
प्रेषक    प्रापक
ज्याक वीलसेयर    थियो वालकट
भिमोदय क्याम्पस    सल्यानटार–२
आरुघाट, गोरखा    धादिङ, नेपाल


Go Top