Class 10 Nepali Note

सहिदहरूको समझनामा

सहिदहरुको सम्झनामा
भपी शेरचन एक सशतm एवम् क्रान्तिकारी कवि हुन् । जनताको पीडाको आवाजलाई कवितामार्फत प्रस्तुत गरेर जनतालाई जागरुक बनाउने कवि थिए । सबैजना जनताहरुलाई एकजुट भएर देशको स्वाधीनता र स्वतन्त्रताको लागि संघर्ष गर्नुपर्छ भन्ने सन्देश उनको कवितामा पाइन्छ । उनको कवितामा सर्वसाधारण जनताको भावनालाई सरल भाषामा व्यतm गरेको पाइन्छ ।

भूप िशेरचन (वि.सं. १९९३–२०४६) एक विद्रोही कवि हुन् । उनले व्यतिm, समाज र राष्ट्रको कमजोरीहरुप्रति तीखो वाण प्रहार गरेका छन् । उनको कवितामा कल्पनाको सुन्दर प्रयोग पाइन्छ । उनले रचना गरेको कविताहरुमध्ये हामी , घण्टाघर , घुम्ने मेचमाथि अन्धो मान्छे , मेरो देश , सहिदहरुको सम्झनामा आदि उनको उत्कृष्ट कविताहरुमध्ये पर्छन् । उनले प्रस्तुत कविता सहिदहरुको सम्झनामा सहिदहरुको त्याग र बलिदानलाई मूल्यांकन गरेका छन् । र उनले राष्ट्रिय चेतनाको भाव पनि व्यतm गरेका छन् ।

हँुदैन बिहान मिर्मिरमा तारा झरेर नगए

बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

ओठमा हाँसो गालामा लाली तब आउँछ जगत्को

देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको

घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता

मातृभूमिको चरण ढोगी भाग्दछ दासता छ

देशमा जनताले अधिकार नपाएपछि सबैजना पीडा र शोषणले ग्रसित भएका छन् । जनताले निरङ्कुशता र तानाशाही पद्धतिप्रति आवाज उठाउँछन् । तानाशाही शाषकहरुले आफ्नोे पद सजिलै चोड्न चाहँदैनन् र जनताको आवाजलाई दबाउन हरदम तयार हुन्छन् । सहिदहरुले आफ्नो देश र जनताको लागि निकै संघर्ष गरेर आफ्नो बलिदानी दिएपछि तानाशाही शासकहरु पनि घुडा टेक्न बाध्य हुन्छन् । त्यसपछि एउटा सुनौलो बिहानीको उदय हुन्छ र जनताले सुविधासम्पन्न र अधिकारसम्पन्न जीवन बाँच्न पाउँछन् । त्यसपछि एउटा स्वतन्ध मुलुकले विकासको सोपान चढ्छ सक्छ । नोकरशाही शासन व्यवस्थाको अन्त्यको लागि जनताले आफू मर्न तयार हुन्छन् । दासताको अन्त्य तब हुन्छ ।

उम्रन्न बोट कसैले बिउ छरेर नगए ७

हामीले खाने प्रत्येका गाँसमा रगत छ सहिदको

हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको

हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन सहिदको

हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन सहिदको ११

पाउने थिएनौ खुसी तिनले छाडेर नगए १२

हामीले सहिदहरुले जीवन बाँच्ने आधार तय गरिदिएका छन् । उनहिरुको त्याग र समर्पणले गर्दा आज हामीले स्वतन्त्रताको सास फेरिरहेका छन् । सहिदहरुले आफ्नो ज्यानको बाजी थापेर लडेको हुनाले हामी अधिकार सम्पन्न अनुभूत गरिरहेका छौ । वास्तवमा यदि कसैले पनि यो संघर्ष थालनी नगरेको भए हामीले स्वतन्त्र जीवन बाँच्न पाउने थिएनौ । हाम्रो प्रत्येक रमाइला र खुसीका क्षणहरु सहिदहरुकै महान् त्याग र बलिदानले गर्दा नै सम्भव भएका हुन् । सहिदले कुनै डर नमानीकन व्यतिmगत स्वार्थलाई तिलाञ्जली दिएको कारणले गर्दा हामी खुसी भएर बाँच्न पाएका छौँ ।

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला

गोली निलेको सहिदको प्यारो लासले धिक्कार्ला

धर्तीले मुख लाजले छोप्ला आकाशले धिक्कार्ला

सहिद रोलान हामीले उन्नति गरेर नगए । १६

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए

बन्दैन मुलुक दुईचार सपूत मरेर नगए । १८

सहिदहरुले हामीलाई स्वतन्त्रता दिलाएर र हामीलाई अधिकारसम्पन्न बनाएर यस धर्तीबाट आफू अमर भएका छन् । र हामीलाई केही कामहरु छोडेर गएका छन् । हामीले सहिदले अधुरै छाडेर गएको कामलाई पूरा गर्नैपर्छ हामीले सहिदले स्थापना गरेको स्वतन्त्रलाई शान्तिको बाटोमा अग्रसर गराउनुपर्छ र सबै नागरिकलाई अधिकार सम्पन्न भएर बाँच्ने व्यवस्था गर्नुपर्छ । समाजमा कोही ठूलो रर कोही सानो हुने प्रवृत्तिको अन्त्य गरी सबैजना समान भएको कुरालाई जोड दिनुपर्छ ।

यहि हामीले यसो गरैनौँ भने हामीलाई गोली निलेको सहिदको प्यारो लासले धिक्कार्नेछ र सहिदको परिवारको अविरल आँसुको सराप लाग्नेछ । हामीले उन्नति र प्रगति गरेनौँ भने सहिदको आत्मा रुन्छ । हामीले सहिदको सपना पूरा गर्नको लागि आफ्नो कर्तव्य हिल्यै बिर्सनु हुदैँन् ।


Go Top