Class 10 Nepali Note

भाग्यभन्दा परिश्रम ठूलो

वादविवाद प्रतियोगितामा सहभागी हुने व्यतिले मर्यादाक्रमअनुसार सभापति, निर्णायक मण्डल, अतिथि, गुरुहरु र साथीहरुलाई सम्बोधन गर्नुपर्छ । तोकिएको समायलाई ध्यानमा राखेर आ आफ्नो कुरा प्रस्तुत गर्नुपर्छ । कुनै जाति, भाषा ,धर्म लिङ्ग, सम्प्रदाय, आदिलाई उपेक्षा गर्ने खालका कुराहरु प्रस्तुत गर्नुपर्छ ।

विपक्षतर्फका वक्ताले प्रस्तुत गरेका तर्कहरुलाई आधार बनाएर तयारपारेको अनुच्छेदः

भाग्यलाई जतिसुकै नकारे पनि आजसम्म मानिसहरुले हासिल गरेको उपलब्धि भाग्यको देन हो । परिश्रमबाट सबथोक सम्भव हुन्छ भन्ने कुरा बालुवाको महल बनाउनु जस्तै हो । यदि आफ्नो भाग्यमा छ भने थोरै परिश्रम र थोरै लगानीबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । सम्पति, सन्तति र संसारिक कुरा सबै भाग्यकै देन हुन् । परिश्रम गर्दैमा मानिसहरुले सफलता हात पार्ने सफलता हात पार्ने भए मजदुर, भरिया वा श्रमजीवीको जिन्दगी किन त्यति दुःखी भएको होला । भाग्यबाट अलग्गिएर सुखी जीवनको कल्पना गर्नु त आकाशको फल आँखा तरी मर मात्रै हो । भाग्यले धनीलाई निर्धन र निर्धनलाई धनी तुल्याउन सक्छ । परिश्रम गर्दैमा र पसिना बगाउँदैमा सबै सम्पन्नताको शिखरमा पुग्छन् उनीहरुको जीवन वसन्तमय हुन्छ भन्ने धारणा राख्नु साउनमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भन्नु जस्तै हो ।


Go Top