Class 10 Nepali Note

प्रश्नोत्तर

प्रश्नोत्तर
जसरी पृथ्वीनारायण शाहले नेपालको स–साना राज्यहरुलाई एकीकरण गरेर एक सिङ्गगो राष्ट्र नेपाल निर्माण गर्न उल्लेखनीय योगदना प¥याए, त्यसैगरी आदिकवि भानुभतm आचार्यले पनि नेपाली भाषा बोल्नेहरुबीच एकीकरण गर्न सफ भए ।

आदिकवि भानुभतm आचार्यले रामायणलाई नेपाली भाषामा अनुभाद गरे । वास्तवमा कविले यसमा भावअनुवाद पनि गरेर नेपाली भाषिकाहरुमा भावनात्मक एकता ल्याउने काम गरे । त्यसैले गर्दा दार्जलीङ्गगमा बस्ते नेपाली भाषिकाहरुले पनि ‘भानु जयन्ति’ भव्यताको साथ मनाउँछन् । रामायणमा कविले आफ्नो मौलिक शैलीलाई चित्ताकर्षक ढङ्गले प्रस्तुत गरेका छन् ।

उपजाति र वसन्ततिलका छन्दमा रचना गरिएको यस कविताले प्रस्तुत गरेको भाव र मिठास निकै हृदय स्पर्शी छ ।

कस्लाई हो शत्रु भनेर जान्नू ?

आफ्ना दशै इन्द्रिय शत्रु मान्नू ।

कस्लाई खूब् मित्र भनेर मान्नू ?

जीत्या तिनै इन्द्रिय मित्र मान्नु । ४

मानिसको शरीरमा दस इन्द्रियहरु हुन्छन् । इन्द्रियहरुलाई ज्ञान र कामको शतिmको आधारमा ज्ञानेन्द्रिय र कर्मेन्द्रियमा छुट्टाइएको हुन्छ । पाँच ज्ञानेन्द्रिय अन्तर्गत नाक, कान, आखाँ, जिब्रो र छाला पर्छन् भने पाँच कर्मेन्द्रिय अन्तर्गत पाणि, वाद, वाक्, वायु र उपस्थ पर्दछन् ।

यदि यी इन्द्रियहरुले हामीलाई आफ्नो वशमा राखेर हामीलाई नराम्रो काम गर्न लगाएमा यिनलाई शत्रु मान्नुपर्छ । तर यदि यी इन्द्रियहरुलाई हामीले आफ्नो नियन्त्रणमा राखेर काम गर्न सक्यौँ भने इन्द्रियहरुलाई हामीले असल मित्रका रुपमा लिन सक्छौँ ।

दरिद्र नाऊँ नरमा छ कस्को ?

विशाल तृष्णा घरमा छ जस्को ।

कुन् हो धनी सब् नरले कह¥याको ?

सन्तोषले जो छ खुसी रह¥याको । ८

यस पृथ्वीमा मानिसको भौतिक सम्पतिको आधारमा धनी र गरिब भनेर छुट्याउइएको छ । त्यस्तै कसैलाई दुःखी त कसैलाई सुखीको संज्ञा दिइएको हुन्छ । वास्तवमा यी विभाजनहरु मानिसकै व्यवहार र स्वभावबाट निर्धारण गरिएको हुन्छ ।

ज्यूँदै मयाको भनि नाउँ कस्को ?

उधम बिना बितछ काल जसको

कुन् हो सबैले गुरु भन्नु प¥र्या ?

जो हो हितैको उपदेश ग¥र्या । १२

यस समाजमा जन्मेपछि मर्नैपर्छ । तर जो मानिसले आफ्नो जीवनमा विभिन्न मेहनत र परिश्रम गर्छ उसले आफ्नो उसले आफ्नो जीवनमा ठोस प्रगती गर्न सक्छ । जसले कुनै पनि काम नगरिकन आफुलाई धर्तीको बोझको रुपमा स्थापित गराउँछ । उसलाई जिउँदो लास भनेर चिनिन्छ । जसले समाज र राष्ट्रको लागि केहि पनि काम गर्दैन् उसलाई कसैले पनि सम्मानको दृष्टिकोणले हेर्दैन् । उसले घृणित र अपमानित जीवन गुजरा गर्नुपर्छ ।

त्यसै गरी जो मानिसले ज्ञानगुनका कुरा सिकाउने देखि लिएर जगतको भलो हुने काम गर्छ उसलाई हामीले गुरु भनि सम्मान गर्नुपर्छ । सबैले सम्मान गर्नुृपर्ने मानिस ‘गुरुले सधै अरुको भलोको कुरा गर्नुहुन्छ । .

कुन् धन्य हो ? जुन् छ परोपकारी ।

कुन् पुज्य हो ? तत्व लिने विचारी ।

कौने बखत्मा पनि के नगर्नु ?

पापका अगाडि कहिल्यै नसर्नु । १६

विभिन्न धारण र विचार भएको मानिसको समिश्रणले एउटा समाजको निर्माण भएको हुन्छ । समाजमा भएका मानिसमध्ये अर्काको भलो चिताउने मानिसलाई प्रशंसा गर्नुपर्छ । उनीहरुको प्रशंसा गर्दा उनीहरुको कामले अझ सुदृढ रुपले निरन्तरता पाउँछ । त्यसैगरी धेरै खोज, सोच र अनुसन्धान गरी मूल कुराको निचोड लिने व्यतिmको पनि सम्मान गर्नुपर्छ । यसले उनीहरुलाई प्रोत्साहन दिन्छ र अझ समाज राम्रो बन्छ ।

हामी सबैले विभिन्न सुख र दुःखका क्षणहरु आत्मसात् गर्नुपर्छ । तर जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हामीले कुनै पनि गल्ति एवम् खराब काम गर्नुहुन्न । पापको अगाडी सर्नुहुन्न । यसले नै मानिसलाई महान् बनाउँछ ।

कुन् हो जगत्को गहना बन्याको ?

बिद्यै छ सब्को गहना बन्याको ।

कुन् सत्य हो, सत्य कसोरी जान्नू ?

जुन प्राणीको हित् छ उ सत्य मान्नू । २०

भनिन्छ विधार्थीको गहना भनेको अनुशासन हो । हो, जब एक विधार्थीमा अनुशासन हुन्छ यसले उसलाई आकर्षक ढङ्गले प्रस्तुत गराउँछ । त्यसैगरी जगत्को गहनाको रुपमा विद्यालाई परिभाषित गराइएको छ । जुन मानिसले विद्या आर्जन गरेको छ, उसले नै विश्वलाई आफ्नो पकडमा राख्न सफल भएको छ । त्यसैले विद्यालाई जगत्को विशेष गहना भनिएको हो ।

एउटै प्रश्नको वरिपरि मानिसहरु झुम्मिरहेका छन् र सत्य भनेको के हो ? भनेर मान्छे भौतारिँदै छन् । जसले गर्दा यस संसारको प्राणीहरुको हित हुन्छ, न्यो नै वास्तवकि सत्य हो । सत्यले नै मानिसको स्वरुप देखाउँछ ।

शोभायमान भई बस्छ सभा विष को ?

सब्को प्रसन्न मन गर्दछ शास्त्रले जो ।

मातासरी सुख दिन्या कुन चिज छ जान्नू ?

विधै छ त्यस्तो अरु कौन खोज्नू ?२४

सभामा सबैभन्दा शोभायुतm भएर जो कोही बस्न सक्दैन । तर जो मानिसले आफ्नो ज्ञान र नैतिकताको प्रयोग गरेर आफु वरपरको मानिसलाई खुसी राख्न सक्छ । ऊ सभामा सम्मानित भएर आसिन हुन्छ ।

पोले पनि घामै जाति

पिटे पनि आमै जाति

आमाले जति माया र ममता अरु कसैले सायदै दिन सक्ला । अरुको लाखभन्दा आमाको काख प्यारो हुन्छ । त्यस्तो माताजस्तै सुख दिने अरु कुनै कुरा छ भने त्यो विद्या हो । विद्याले मानिसलाई धेरै कुराको बारेमा जानकार गराउँछ जसले गर्दा उसले खुसी रहन सक्छ । खुसी भएपछि मानिसलाई सुख त हुने नै भयो ।

कुन हो जति जति दियो उति बढ्न जान्या ?

विद्यै रहेछ बुझि निश्चय तेहि मान्या ।

कुन काम हो अति डरायर दूर सार्नू ?

लोकापवाद् छ घटिया कहिल्यै नघार्नू । २८

भौतिक सम्पति र धनदौलत त अरुलाई बाँड्यो भने सकिँदै जान्छ तर एउटा कुरा जति बाँड्यो भने उति नै बढ्दै जान्छ र त्यो कुरा हो विद्या । बिद्या एक यस्तो सर्वश्रेष्ठ धन हो जसलाई बाँड्दा बढ्दै जान्छ । विद्या न त दाजुभाइको बीचमा अंशबण्डा गर्नुपर्छ, न त चोरले चोर्न नै सक्छ, न त बोक्दा भारी हुन्छ, त्यसैले विद्या एक सर्वश्रेष्ठ धन हो ।

हामीले कुनै काम निकै अगाडि सारेर गर्नुपर्छ भने केहि काममा कहिल्यै अगाडि बढ्नुहुदैँन् । यदि हामीले गर्ने कुनै काम गर्दा लोकको बदनामी हुन्छ या लोकनिन्दा हुन्छ भने त्यस किसिमको कार्य कहिल्यै धारणा गर्नु हुँदैन । त्यस्ता कामलाई पन्छाएर टाढा सार्नुपर्छ ।


Go Top