Class 10 Nepali Note

जयपृथ्वीबहादुर सिंह

नेपालको सुन्दर बगैचामा राणाहरु काडाँसरी मौलाएका बेलामा एउटा सुन्दर फूल फूल्न थाल्यो । जसले पुरा बगैचाको रक्षा गर्ने ठूलो जिम्मेवारी लिन आतुर भयो । यसरी एउटा सुन्दर फूलको रुपमा वि.सं.१९३४ भाद्र ७ गते बझाङ्ग जिल्लामा जयपृथ्वीबहादुर सिंहको जन्म भयो । जयपृथ्वीबहादुर सिंह नेपाल आमाका एक सच्चा एवम कर्मठ सपूत हुन्. । एउटा सम्मपन्न परिवारमा जन्मिएर र भौतिक सुख सयलमा हुर्किए पनि आफ्नो ऐसआराम र राज्य वैभवजस्ता कुरालाई त्यागेर देश जनताको लागि आफ्नो जीवन समर्पण गरेका जयपृथ्वीबहादुर सिंह एक बहुआयामिक व्यतिmत्वको धनी थिए ।

                 समाज सेवामा समर्पित उनको स साना स्वार्थलाई त्यागेर समाज सुधार जस्तो महत्वकांक्षी योजनाको लागि हरदम अगाडि बढि रहे । देश राष्ट्रको सेवाको लागि कहिले पछि नहट्ने उनले कलकत्तामा नेपालको तर्फबाट वकिल र भारतको लागि कुटनीतिक प्रतिनिधि भएर आफ्नो राष्टिय« व्यतिmत्वको परिचय बनाएका थिए । नेपाली भाषा र साहित्यको उन्नति प्रति पनि उनी सधै चिन्तनशी रहिरहे । उनले नेपाली भाषाका दुई दर्जन पाठ्पुूस्तकहरु लेखे अक्षराङ्क शिक्षा, स्रेस्ता बोद्य, व्यवहार माला, प्राकृत व्याकरण आदि प्रकासित छन् । गोर्खापत्रको स्थापना कालदेखि नै त्यसको प्रंधान सम्पादकको रुपमा उनी निरन्तर कार्यरत रहिरहे । नेपालको पत्रकारितामा उनको विशेष योगदान छ । पन्ध्र वर्षसम्म निरन्तर योगदान पु¥याएका थिए । त्यस क्रममा उनले राणाहरुको निरंकुश शासन विरुद्ध पनि आवाज उठाएका थिए ।

          राणाको निरंकुश शासनको बाबजुत पनि जयपृथ्वीबहादुर सिंह आफ्नो देश र जनताको भलाइको लागि आफ्नो ठाउँबाट निरन्तर लडिरहे । आइ.ए. सम्मको औपचारिक शिक्षा हासिल गरे पनि व्यवहारमा निकै परिपक्क उनले जनताको शिक्षा र स्वास्थ्य सुधार गर्नुपर्ने कुरालाई एकदम उच्च प्राथमिकतामा राखे । शिक्षाको विकास नगरी देशको विकास नै गर्न असम्भव छ भन्ने उनको मान्यता थियो । शिक्षाको विकासको लागि जयपृथ्वीबहादुर सिंहले एउटा प्राथमिक बिधालयको स्थापना गरेर अध्यापन गराइरहे । यति मात्र होइन् पाठ्यपुस्तक लेख्ने र लेखाउने काममा पनि यिनी सक्रिय रुपमा लागि रहे । पदार्थ तत्वविवेक, भुगोलबिद्या, प्राकृत व्याकरण, आदि उनको प्रसिद्ध पाठ्यपुस्तक हुन् । आकारको दृष्टिकोणले सानो भएपनि नेपाली भाषाको पहिलो व्याकरण पुस्तक भएको कारण यसको बिशेष महत्व छ । नेपालको सबैभन्दा ठूलो तथा जेठो अखबार गोर्खापत्र हो । गोर्खापत्रको स्थापना कालदेखि नै जयपृथ्वीबहादुर सिंह यसको प्रधान सम्पादको रुपमा निरन्तर कार्यरत रहिरहे । जनतालाई जनचेतना जगाउने हेतुले वि.सं. १९५८ मा स्थापना भएको पत्रिकामा उनले निरन्तररुपमा वि.सं. १९७३ सालसम्म कार्यरत रहिरहे । यतिमात्र होइन् उनले विभिन्न लेखहरु लेखेर जनतालाई चेतना फैलाइरहे ।           

             देशका एक सच्चा सपुत जयपृथ्वीबहादुर सिंहले आफ्नो सारा जीवन देश र जनताको लागि समर्पण गरे । आइ. ए. सम्मको औपचारिक शिक्षा हासिल गरे पनि उनले आफ्नो व्यतिmत्वको विकास राम्रो सँग गरेका थिए । समाजसेवी, देशप्रेमी, माषाप्रेमी, निस्वार्थी हुनुपर्छ भन्ने प्रेरणा पाउन सकिन्छ । जस्तो सुकै प्रलोभन देखाए पनि देश र जनताको निम्ती सधै समर्पित हुनुपर्छ भन्ने कुरा पनि सिक्न सकिन्छ । व्यतिmत्व एवम् पारिवारिक स्वार्थमा नपरि समाज एवम् राष्ट्रका लािग उत्कृष्ट काम गर्नेले नै नाम कमाउँछ । भौतिक सुख सयलमा नपरी निरंकुशता बिरुद्ध लड्नुपर्छ र स्वतन्त्र भइ बाच्नुपर्छ भन्ने कुरालाई नै जयपृथ्वीबहादुर सिंहको जीवनीबाट पाइने प्ररणा हो ।


Go Top